अवैध भित्रिएको सुन प्याकिङकै अवस्थामा जोख्दा १५५ केजि
काठमाडौं । नेपाल राष्ट्र बैंकले, अवैध रुपमा भित्रिएको सुन जोख्दा १५५ केजि पाइएको छ ।
बिहीबार राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाले जनाएको छ ।
त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने महाशाखाले जनाएको छ ।
अहिले केन्द्रिय बैंकले सुनको पोका जोखेर राखिसकेको छ ।
पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई लेखी पठाउनुपर्नेछ ।
जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको सुन ढुकुटीमा राखिएको छ ।