१ सय ५५ किलो सुन प्रकरण : दुई कर्मचारी र एक एजेन्टलाई कारबाही सिफारिस
काठमाडौं । भन्सार विभागले, एक सय किलो सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक अधिकृत र खरिदारलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
विभाग स्रोतले एक अधिकृत, एक जना खरिदार र एकजना एजेन्टलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दियो ।
स्रोतले भन्यो ‘ कारबाहीका लागि सिफारिस भएको सत्य हो । तीन जनालाई कारबाहीको सिफारिस गरिएको छ । अर्थबाट निर्णय भएर आएपछि सबै कुरा भनौंला । ’
विभागका अनुसार सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको छ । बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।