अमेरिकी डलरको भाउ बढ्दा पाउण्ड भने घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ केही बढेको छ । राष्ट्र बैकले आज (बिहीबार)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर जसअनुसार बेलायती पाउण्डको मूल्य भने केही घटेको जनाएको हो ।
बुधबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८पैसा पुगेकोमा आज(बिहीबार) पाउण्डको खरिद दर १६९ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै विक्री दर १७० रुपैयाँ २७ पैसा छ । युरो एकको खरिद दर १४७ रुपैयाँ १० पैसा र बिक्री दर १४७ रुपैयाँ ७८ पैसा रहेको छ ।
अमेरिकी डलर भने केही बढेर आएको छ । बुधबार डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेकोमा आज खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ ।
कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको छ । क्यानडियन डलरमा एक डलर खरिद गर्दा ९९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९९ रुपैया ९१ पैसा निर्धारण गरिएको छ ।