पाउण्ड र युरोको भाउ स्थिर, अरुको के छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार आज पाउण्ड र युरोको भाउ बुधबारको तुलनामा स्थिर रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६४ पैसा र बिक्री दर १७० रुपैयाँ ४१ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा पुगेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा हुदा क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३२ पैसा र बिक्रि दर ९९ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।