यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज -बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार,आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा पुगेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा हुदा क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०४ पैसा र बिक्रि दर ९९ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बंैकले जनाएको छ ।