बेल्जियममा २५ बर्सिया रुविना महासचिवमा निर्विरोध
लन्डन । गैर आवासीय नेपाली सङ्घ बेल्जियमको आगामी कार्यकालको महासचिवमा रुविना शर्मा सर्वसम्मत भएकी छन् । निर्वाचन समितिको पहलमा आइतबार लुभेनमा भएको सहमतिको प्रयासमा महासचिवका अर्का प्रत्याशी राजेन्द्र कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्मा सर्वसम्मत भएकी हुन् ।
जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिम्सिनाका अनुसार अध्यक्ष पदमा बाहेक सबैमा निर्विरोध भएपछि अध्यक्ष पदमा समेत निर्विरोध बनाउने प्रयास जारी रहेको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को डेढ दशक लामो अभियानमा दोस्रो पुस्ताको नेताका रूपमा उभिएकी पहिलो पटक २५ बर्सिया शर्मा सर्वसम्मत भएकी हुन् ।
उनीसँग यसअघि साङ्ग्रिला समाज बेल्जियम, लुम्बिनी कपिलवस्तु ग्लोबल अभियानलगायतका काम गरेको अनुभव छ । उनी हाल बेल्जियमको इन्टरकल्चार फेडेरेशनमा कार्यरत रहेकी छन् । सो फेडेरेशनको सदस्य एनआरएनए बेल्जियम समेत छ । उनले सोही फेडेरेशनमार्फत नेपाली सङ्घ संस्थाहरूलाई सहयोग गर्दै आएकी छन् ।
शर्माले बेल्जियममा बायोटेक्नोलोजीमा ब्याचलर डिग्री गर्दै छिन् । गैर आवासीय नेपाली सङ्घ बेल्जियमको १६ जुलाईमा हुने निर्वाचनमा अध्यक्ष पद बाहेक अरू सबै पदमा सर्वसम्मत भएको बुझिएको छ ।
अध्यक्ष पदमा सिता सापकोटा, तीर्थ धमला र अनुजा प्रधानको उम्मेदवारी परेको छ । उनीहरूलाई सोमबार बिहानसम्म उम्मेदवारी फिर्ता लिन समय दिइएको छ ।
अरू पनि भए निर्विरोध
आइसिसी सदस्य पदमा मदन दवाडी, हरि भट्टराई र भीम सुबेदी, उपाध्यक्षमा काशी दनै, लोकेन्द्र नेपाल ( पुष्प ) महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रिबु श्रेष्ठ बस्नेत र जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई निर्विरोध निर्वाचित भएका छन् ।
त्यसै गरी महासचिवमा रुबिना शर्मा , उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, सञ्जयदेव श्रेष्ठ, ईश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सह कोषाध्यक्ष डा, राजु श्रीवास्तव, महिला संयोजकमा शारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा, निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा सूर्यप्रसाद सापकोटा, रोशन गौतम, दीपिका केसी, विनोद शाही, निता सुब्बा, रश्मि निरौला, जानु नेपाल, बिक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।