यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १७ पैसा र बिक्री दर ९९ रुपैयाँ ६२ पैसा रहेको छ ।