बैदेशिक रोजगारबाट फर्केकाहरु प्रति सरकारले वेवास्ता गरेको गुनासो
काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले बैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको आर्थिक, सामाजिक तथा राजनैतिक पुर्नस्थापना तथा समायोजनमा सरकार पुरै वेवास्ता गरेको गुनासो गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै फेडेरेसन नेपालले रिटर्नीको समष्टिगत व्यवस्थापनको लागि सरकारी कार्यालय, विभाग तथा अधिकार सम्पन्न सरकारी निकायको स्थापना र विकासका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
पत्रकार सम्मेलनमा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले विप्रेषणको हिसाब किताब राख्ने सरकारले लाखौं रिटर्नीको व्यवस्थापनमा एउटा कार्यालय समेत स्थापना गर्न नसक्नु पक्षपातपूर्ण व्यवहार रहेको गुनासो गरे ।
उनले सरकारले नेपाली युवा जनशक्तिलाई विदेशतिर धकेल्न नियोजित षड्यन्त्र गरेको आरोप लगाए ।
उनले भने, ‘विप्रेषणको हिसाब किताब राख्ने सरकारले लाखौं रिटर्नीको व्यवस्थापनमा एउटा कार्यालय समेत स्थापना नगर्नु हदै सम्मको पक्षपातपूर्ण व्यवहार हो । नेपाली युवा जनशक्तिलाई विदेशतिर धकेल्ने नियोजित षडयन्त्र हो ।’
लाभदायक परियोजना लगायतका क्षेत्रमा सहभागितामूलक अवधारणा विकास र विस्तार गर्दै देशमा उपलब्ध श्रमशक्तिसँग तालमेल गर्नु आवश्यक रहेको उनको भनाई छ ।