राष्ट्रपतिय प्रणालीमा जाने आँट गर्न कांग्रेसलाई एमाले सांसद भट्राईको चुनौति
काठमाडौं । नेकपा एमालेका संसद योगेश भट्राईले नेपाली कांग्रेसलाई राष्ट्रपतिय प्रणालीमा जाने आँट गर्न चुनौति दिएका छन् ।
मंगलबार प्रतिनीधि सभाको बैठकमा उनले नेपाली कांग्रेसले शासकिय प्रणाली बदल्न हिम्मत गर्छ भने एमाले त्यसमा साथ दिन तयार भएको बताए ।
उनले भने ‘आजको शासकीय प्रणालीहरु बदलौं । प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऔं । संसदलाई पूर्ण व्यवस्थापकिय विधायकी प्रणालीको रुपमा लगियो भने सायद मान्यजीहरुले भनेको परिभाषामा पुगिएला कि भन्ने हो । यदि नेपाली कांग्रेस त्यसमा हिम्मत गर्छ भने हामी त तयार नै छौं । संविधान बनाउदा पनि छलफल गरेकै हो फेरी एकचोटी छलफल गरौं । ’
उनले कांग्रेसलाई यो विषयमा फेरी एकचोटी छलफल गर्न आग्रह गरेका छन् । संसदलाई पूर्ण व्यवस्थापकिय विधायकी प्रणालीमा लानु पर्नेमा उनको जोड छ ।