पूर्व राजा बीरेन्द्रको सम्झनामा द्वीप प्रज्ज्वलन
काठमाडौं । तत्कालीन राजा बीरेन्द्र शाह र दरबार हत्याकाण्डमा मारिएका राज परिवारका पूर्व सदस्यहरुको सम्झनामा आज साँझ द्वीप प्रज्ज्वलन गरिएको छ ।
काठमाडौैंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रममा मैनबती र द्वीप प्रज्ज्वलन गरिएको हो । कार्यक्रममा संघीय संसदका सांसद, पूर्व युवराज पारस शाहसहित सर्वसाधारणको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
२०५८ साल जेठ १९ गते आजैका दिन पूर्व राजा शाहसहित रानी ऐश्वर्य, मृत्यु पछि राजा घोषित दीपेन्द्र शाह, उनका भाई अधिराजकुमार निराजन र राजकुमारी श्रुतीसहित राजपरिवारका अन्य केही सदस्यहरुको हत्या भएको थियो ।
सो घटनामा मारिएका तत्कालीन राजा बीरेन्द्रलाई आम नेपाली जनताले अझै पनि सम्मान भावका साथ श्रद्धा प्रकट गर्दै आएका छन् ।