नेपाल डे परेड: न्युयोर्कका मेयर समेत सहभागि (भिडियो सहित)
न्युयोर्क,अमेरिका / न्युयोर्कको म्यानहटनमा आइतवार सम्पन्न ‘नेपाल डे परेड’ न्युयोर्क सिटीका मेयर एरिक एडम्स पनि सहभागी भएका छन्।
मेयर एडम्सले रिबन काटेर नेपाल डे परेडको उद्घाटन गरेका थिए।
परेडमा नेपालका विभिन्न जात जाति साँस्कृतिक भेषभुषा सहित उपस्थित थिए। पेरेडमा पञ्चेबाजा, विभिन्न झाँकी समावेस थियो।
यस पटकको नेपाल डे परेड गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिका न्युयोर्क च्याप्टरले आयोजना गरेको हो।
न्युयोर्कमा नेपाल डे परेड पहिलो पटक सन् २०१६ मा भएको थियो। न्युयोर्कमा हुने नेपाल डे परेड प्रायस विवादमा पर्दै आएको छ।
म्यानहटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट सुरु भएको परेड म्याडिसन एभिन्युको २४ स्ट्रीटमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा विभिन्न व्यक्तिहरुले सम्वोधन गरेका थिए। सम्बोधन पछि विभिन्न कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए।
सुर्य लम्साललाई न्युयोर्क च्याप्टरको मान्यता
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका न्युयोर्क च्याप्टरले सुर्य लम्साललाई अध्यक्ष स्वीकार गरेको छ।
नेपाल डे परेडको सभामा आसन ग्रहणका क्रममा न्युयोर्क च्याप्टरले लम्साललाई अध्यक्ष स्वीकारेको हो।
अतिथिहरुको आशन ग्रहण गराउने क्रममा लम्साललाई गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष भनेर सम्बोधन गरेका थिए।
लम्साल शेष घले समुह अन्तर्गत एनआरएन अमेरिकाको अध्यक्ष हुन्। गत वर्ष दशौं महाधिवेशनमा प्रतिनिधि विवादका कारण एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) चोइटिएको थियो। संस्थापन पक्षमा डा.बद्री केसी,रविना थापा र कुल आचार्यको नेतृत्वमा जम्बो टोली चयन गरेको थियो।
शेष घले समुहले विनोद कुँवरको अध्यक्षतामा अर्को कमिटी गठन गरेको थियो। कुँवर अध्यक्ष रहेको आइसीसी अन्तर्गत लम्साल एनआरएनए अमेरिकाको अध्यक्ष भएका हुन्।
संस्थापन पक्षमा बुद्दि सुवेदी एनआरएनए अमेरिकाको अध्यक्ष छन्।
न्युयोर्क च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले आफुहरुले पूर्व सल्लाह अनुसार नै लम्साललाई एनआरएनए अमेरिकाको अध्यक्षको हैसियतमा आशन ग्रहण गराएको बताए।
‘टंक स्लिप होइन, पूर्वनिर्धारित अनुसार नै आशन ग्रहण गराइएको हो।’ समाज टाइम्स सँग शेर्पाले भने।’उहाँ ५०१ सी अन्तर्गत दर्ता भएको संस्थाको अध्यक्ष हुन, हामी एनआरएनए एनसीसी अमेरिका अन्तर्गत हौ, उहाँ एनआरएनए अमेरिको अध्यक्ष हो।’
सभालाई बुद्दि सुवेदी अध्यक्ष रहेको एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले सम्बोधन गरेका थिए।