ओली हेडसरको शैलीमा सदनमा प्रस्तुत भए : सांसद सापकोटा
काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिपक्षको नेता भएर हेडसरको शैलीमा सदनमा प्रस्तुत भएको भन्दै आक्रोस पोखेका छन् ।
आइतवार प्रतिनिधिसभा बैठकमा पछि सञ्चाकर्मीहरुसँग उनले अध्यक्ष नीति तथा कार्यक्रमलाई खारेज गरौं भनेर आलीले गरेको घोषणा र बहस गर्ने तरिका ठीक नभएको टिप्पणी गरे ।
उनले भने‘ एकालेका अध्यक्ष केपी शर्मा आलीले यस नीतिलाई खारेज गरौं भन्ने घोषणा गर्नुभयो । त्यो उहाँको कुण्ठा हो, उहाँको बहस गर्ने तरिका ठीक होईन् । उहाँले रिसमा यो नीति कार्यक्रम फिर्ता गर्नुहोस्, पुःन लेखन गर्नु भन्नुभयो । प्रतिपक्ष भएर हेडसरको शैलीमा सदनमा प्रस्तुत भएर सल्लाह सुझाव दिने ठाउँमा सबै सांसदलाई हेडसर जसरी पढाएर गल्ती गर्नुभयो ।’