भारतमा दुई हजार दरको नोटमा पनि प्रतिबन्ध लगाइने
काठमाडौं । भारत सरकारले दुई हजार दरको भारतीय नोटलाई प्रयोग गर्नमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
भारतीय रिजर्भ बैंकले लिएको ‘स्वच्छ नोटको नीति’अनुसार २ हजारका नोट नचालउने भन्दै अब बजारमा नोट नपठाउने घोषणा गरेको हो ।
बैंकले आगामी सेप्टेम्बेर ३० तारिकसम्म मात्रै २ हजारको नोटको आधिकारिकता रहनेछ । त्यस अवधिसम्म उक्त नोट साटिसक्नु पर्नेछ । यसका लागि भारत सरकारले नोट साट्न जनतालाई जानकारी गराइसकेको छ ।
बैंकको आधिकारिक वेवसाइटमा स्वच्छ नोटको नीति अनुसार २ हजारको नोट नचलाउने भन्दै चलनचल्तीबाट आगामि चार महिनाबाट हटाउने बैंकका महाप्रबन्धक योगेश दयालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि प्रचलनमा ल्याएको २ हजारको नोटलाई ७ वर्षपछि प्रतिबन्ध गर्ने घोषणा गरेको छ ।
बैंकले आम सर्वसाधारणसंग भएको दुई हजारको नोटलाई साट्नको लागि सेप्टेम्बर ३० सम्मको समयसीमा तोकेर नोट बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।