नीति तथा कार्यक्रमबारे अर्थमन्त्रीको भनाई : आवश्यकता जे हो त्यो समेटिएको छ
काठमाडौँ । अर्थमन्त्री प्रकाशसरण महतले, सरकारको नीति तथा कार्यक्रममा आवश्यक सबै विषय समेटिएको जिकिर गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुतपछि सञ्चारकर्मीसँग उनले पुरानै पुनरावृति भएको भन्ने भनाई खण्डन गर्दै यो कार्यक्रम अहिलेको आवश्यकताका आधारमा तयार गरिएको दाबी गरे ।
उनले भने ‘ नयाँ भनेर कुनै आविस्कार गर्ने होइन् । आवश्यकता जे हो त्यो समेटिएको छ ’ यो कार्यक्रमले मुलुकको अहिलेको आर्थिक संकटलाई एउटा गन्तव्य दिने विश्वास व्यक्त गरेका उनले कार्यान्वयन मुख्य कुरा भएको तर्क गरे ।