‘म समस्त एनआरएनए सदस्यहरुको उमेदवार’ : डा. अर्जुन बञ्जाडे
पेन्सिलभेनिया,अमेरिका/ गैरआवासीय नेपाली संघ अमेरिकामा सदस्यता विस्तार अभियान टुङ्गिए सँगै चुनावी जोडघटाउ शुरु भएको छ। एनआरएनए अमेरिकामा पछिल्लो चुनावको तुलनामा करिव पाँच हजार सदस्य कम हुने छन्।
पटक पटकको विवादका कारण सर्वसाधरणमा संस्थाप्रति विश्वास घटेको टिप्पणी हुँदै आएको थियो। अहिलेको सदस्या संख्या, अबको चुनावी रणनीतिका बारेमा समाज टाइम्सले एनआरएनए अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे सँग कुराकारी गरेको छ।
एनआरएनए अमेरिकाको पछिल्लो निर्वाचनमा बञ्जाडे तेस्रो भएका थिए। उनी आगामी निर्वाचनमा पुन अध्यक्षको उमेदवार हुने बताउदै आएका छन्।
यो पटक जसरी सदस्य बने तपाईले कसरी मूल्याङ्कन गर्नु भएको छ ?
सदस्यतामा प्रत्येक पटक नयाँ अभ्यास भइरहेको अवस्था छ। यो भन्दा अगाडि सदस्यता प्रक्रियामा परिवर्तन गर्दै आइडी राख्नु पर्ने, इमेल राख्नु पर्ने,फोनमा कोड आउनु पर्ने बनाइयो, त्यति गर्दा पनि गाइगुइ सुनियो साथिहरुले आइडी संकलन गर्दै सदस्यता बनाए भन्ने गुनासा आइरहेको अवस्था थियो। अर्को अविश्वास पनि । जस्ले संचालन गरिरहेको छ उ प्रति अविश्वास हुदै जाँदा अहिले आइसीसीले डिजाइन गरेको एमआइएस सिस्टमबाट जाँदा सबै तिर एक रुपता पनि होस अनि अलिकता फेयर पनि हुन्छकी भन्ने सबैको सोचाइ हो।
जहाँ सम्म कस्तो देखिन्छ भन्दा नयाँ प्रक्रिया अलिकता झण्झटिलो भएता पनि मेरो अनुभव चै लास्ट टाइम भन्दा अलिकता केही सुधारियो की, चाहाना राख्ने मान्छेहरु सदस्य भए अरु अनावश्यक रुपमा आइडी कलेक्सन गर्दै अरु नै व्यक्तिले गिफ्टकार्डबाड पे गर्ने काम यो पटक भएन भन्ने सुन्नमा आएको छ।
पहिला तपाईहरुको पालामा पनि नक्कली सदस्य बनाइयो, फर्जी काम गरिए, उमेदवारले पैसा खर्च गरेर सदस्य बनाए भन्ने थिए, अघिल्लो पटक र यस पटकमा लगभग पाँच हजार सदस्य संख्या कम देखियो। के पहिलाका आरोपहरुलाई यो पटकको सदस्य संख्याले प्रमाणित गर्छ ?
आंशिक रुपमा त्यो हुन सक्छ, तर पुरै रुपमा त्यो हो भनेर एकिनका साथ भन्न सकिदैन। त्यो हुन सक्छ, किनभने कसैसँग डाटाबेस थियो भने कसैले सजिलै नविकरण गरिरहेको थियो भने त पैसा तिरिदिए मात्र भयो नविकरण गरिदिए मात्र भयो सूचना सबै थियो भने त्यस्तो गाइगुई सुन्नमा आउथ्यो। त्यो कति सही हो कति होइन मलाई त्यति थाहा भएन। तर यो पटकको एउटा फ्याक्टो त्यो होला तर त्यही मात्र हो जस्तो मलाई लाग्दैन । अहिले पुरै एनआरएनए प्रति नै वितृष्णा भएको रियालिटि हो।
यति सदस्य बन्नु उत्साहजन हो कि निरासा हो ?
उत्साह र निरासाजनक भन्दा पनि । यो त्यत्ति उत्साहजनक त होइन, पहिलेको भन्दा सदस्य संख्या अझै बढ्नु पर्ने थियो, बढ्थ्यो पक्कै पनि, बीस हजार भन्दा माथि तीस चालिस हजार पचासै हजार मान्छेहरु सदस्य हुने चै छन्। हामीले त्यो वातावरण बनाउन अझै सकेका छैनौ ।
अहिले राखेको प्रक्रियाबाट के थियो भन्दा एउटा सेक्टरमा अविश्वास देखियो। त्यो के भन्दा यो डाटा सबै एमआइएस सिस्टममा जान्छ। काठमाडौंका मान्छेहरुमा एक्सेस हुन्छ। त्यस पछि के होला भन्ने त्यो कुरालाई बुझाउन सकेनौ त्यस्तो देखिन्छ। त्यो बुझाउन सकेको भए अझै धेरै हुन्थे होला।
अब अर्को पाटो,सदस्यता विस्तार अभियानमा तपाई पनि देश दौडाहमा हुनु भयो, अब तपाईले औपचारिक रुपमा घोषणा गर्नु हुन्छ म अध्यक्षको उमेदवार हो भनेर ?
पछिल्लो पटक म चुनावबाट बाहिरिए पनि म अभियानमा जहिले पनि रहे। सधै रहे र विभिन्न ठाँउहरुमा घुम्दै जादा साथीहरु सँग कुरा गर्दा फोनमा अथवा भेटेर कुरा गर्दा सबैको के रह्यो भन्दा होइन यो अभियानमा सिथिलता आएको हो की अलिकता समस्या आएको हो एनआरएन अभियानमा हुनु पर्ने काम भएनन कि? नहुने काम तिर बढी फोकस गइयो की समय वरवाद गरियो की लौ न तपाई अभियानमा फेरि व्याक भएर काम गरिदिनु पर्यो भनेर साथीहरुको सबै तिरबाट गुनासो आइरहेको छ।
त्यो गुनासोलाई मध्यनजर गर्दै, कुनै समयमा साथीहरु सँग सल्लाह गरेर आफ्नो उमेदवारी घोषणा चाँही म गर्छु। औपचारिक रुपमा अहले सम्म मिति तोकेको अवस्था छैन। तर कुनै दिन उमेदवारी घोषणा गर्ने सोचाइ राखेको छु।
अघिल्लो पटक चुनावमा तपाई तेस्रो हुनु भयो । एक पटक पराजित व्यक्ति दोस्रो पटक किन उमेदवार हुने त ?
हिजो कुन परिस्थितिमा कसरी चुनाव भयो, कसरी तेस्रो भए भन्ने सबैलाई थाहा छ। केही साथीहरुले ए हिजो हामीले गल्ति गरेछौं। एउटा बहकाबमा लागेछौं,गलत निर्णय गरिएछ। पश्चाताप छ हामीलाई सुधार्ने मौका चाहियो भन्ने पनि साथीहरुको कुरा छ।
अर्को मेरो कुरो होइन। कुरो संस्थाको हो। संस्थालाई अगाडि बढाउदै जाँदा संस्थाको हित हुन्छ राइट प्लेसमा जान सक्छ भने मेरो कुरो भएन नी त। म चाँहि जहिले पनि संस्थाको निम्ति लागि पर्ने मान्छे हुँ र भोलीका दिनमा यसलाई अझ लेशनलर्न भयो लाष्ट टाइम त ती कुरालाई पनि मध्यनजर राख्दै भोलीका दिनमा अझ राम्रो सँग अभियानमा जान सक्छु। र यसलाई सही निर्देशन दिन सक्छु भन्ने विश्वास भएको हुनाले म चाँही अहिले फेरि सबै सदस्यहरु सामु उपस्थित हुन चाहेको छु । मैले के गर्न चाहेको हो त्यो कुरा राखेर सदस्य सामु जाने छु।
उहाँहरुले चित्न बुझाउनु भयो यो बाट सही नेतृत्व हुन सक्छ भन्ने विश्वास गर्नु भयो भने नेतृत्वमा हुन्छु होइन तेरो आवश्यकता छैन है अरु नै बेटर छन भन्नु भयो भने म पाखा बसेर साथिहरुलाई कसरी सहयोग गर्न सकिन्छ सहयोग गर्छु। त्यो एउटा डेमोक्रेटिभ अभ्यास हो। त्यसका लागि म जहिले पनि तत्पर रहेको छु ।
तपाईको जित्ने आधार के ?
जित्ने आधार भनेको सदस्यहरु नै हुन। सदस्यहरुको निर्णय र उहाँहरुले सही निर्णय गर्नु हुन्छ भन्ने विश्वास छ। मलाई सदस्य प्रति विश्वास र प्रजातान्त्रिक प्रक्रिया प्रति विश्वास छ। मैले हिजोको दिन देखि आज सम्म मलाई सायद नचिन्ने कमै होलान, एनआरएनए मुभमेन्टमा लागेकाहरुलाई मेरा राम्रा पक्ष नराम्रा पक्ष जे भन्नु हुन्छ सबै पक्षबारे नजान्ने साथीहरु हुनुहुन्न धेरैलाई थाहा नै छ।
अहिले यिनै कुराहरु मध्यनजर राखि साथिलाई मैले संस्थालाई सही दिशामा लान सक्छ, गलत गर्दैन है संस्थामा । सानो गुट उपगुट भन्दा पनि समग्र सबै साथिहरुलाई मिलाएर लान सक्ने एउटा व्यक्तित्व ‘त’ हुन सक्छस है भन्ने साथीहरुले एप्रोज गरिरहेको अवस्था छ।
ती सबै कुराले गर्दा र म संस्थालाई राम्रो सँग अगाडि लैजान सक्छु। संस्थाको मर्म बुझेको छु। सबै कुरालाई सबै संघ सस्थाहरु एनआरएनएमा लागेका साथीहरु देखि लिएर बाहिर रहेका साथीहरु सँग पनि समझदारी गरिकन संस्थाको जुन उद्देश्य हो त्यसका लागि, जुन ओरजिनल गोलहरु हुन तिनलाई कार्यन्वयन गर्नको निम्ति सक्षम छु भन्ने मलाई लाग्छ। यी कुराहरु साथीहरुले पनि देख्नु भएको छ। त्यसै गर्दा पक्कै पनि जिताउनु हुन्छ भन्ने मैले विश्वास गरेको छु।
तपाई एक्लै जानु हुन्छ की तपाई सँग टिम हुन्छ प्यानल बनाएर जानु हुन्छ ?
एनआरएनएको विधान अनुसार कुनै पनि प्यानल भनेर गर्न पाइदैन। तर के हुन्छ भन्दा मैले जहिले पनि हाम्रा प्राथमिकता यी हुन है भने पछि र विचार मिल्ने साथीहरु संगठित हुने, ती साथीका बिचमा एकले अर्कोलाई सहयोग गर्ने अवस्था हुन सक्छ। तर आधिकारिक रुपमा यो टिम भनेर पाइने विधानत छैन। र त्यो गर्नु पनि हुदैन। तर एजेण्डा मन पर्ने साथीहरु ए तपाईको एजेण्डा मन पर्यो म पनि सहमत छु हामी सँगै मिलेर काम गरौ भन्ने साथीहरु आउनु हुन्छ भने जहिले पनि स्वागत छ।
उमेदवार अन्य भए पनि सहतमा एनआरएनए अमेरिकाको चुनाव अहिले आइसीसिका महासचिव डा. केशव पौडेलले र गौरी जोशी बीचको भिड्न्त हो भनिन्छ यसमा तपाईको टिप्पणी के छ?
त्यो कुरा उहाँहरुलाई नै सोध्दा बेस होला। उहाँहरुको अहिलेको इन्ट्रेस्ट के हो एनआरएनए अमेरिकाको चुनावमा। उहाँहरुको मनमा के छ अहिले अनुमान लगाएको छैन।
मेरो प्रश्न तातपर्य के हो भने जस्तै पछिल्लो चुनावमा पनि हामीले देख्दै आएका हौ गौरी जोशी केशव पौडल र सुनिल शाहको फरक फरक उमेदवार थिए। तपाई सुनिल शाहको उमेदवार हुनुहुन्थो अहिले के हुन्छ? तपाई कुन पक्षको उमेदवार ?
मैले तपाईलाई यही रोके । अरु को कस्को उमेदवार भए मलाई थाहा छैन म चै कुनै एउटा व्यक्तिको उमेदवारको रुपमा हिजो पनि थिइन र आज पनि छैन भोली पनि रहन्न त्यो कुरा म क्लियर गर्न चाहान्छु। म समस्थ एनआरएनए सदस्यहरुको उमेदवार हो। म कुनै व्यक्ति र सानो समुहको होइन है त्यो कुरालाई साथिहरुलाई तपाई मार्फत नै क्लियर गर्न चाहे। म कुनै व्यक्तिको न हिजो थिए न आज छु न भोली हुने छु।
अब अन्त तिर लागौ। तपाई चै अलि हक्कि स्वाभावको हुनु हुन्छ। काम गर्दा अरुको कुरा सुन्नु हुन्न भन्ने तपाईलाई आरोप छ। त्यसमा तपाई के भन्नु हुन्छ।
होइन काम गर्दा के भने, तपाईले आधिमात्र बुझ्नु भयो। हक्की स्वाभावको भन्ने होला त्यो हुन पनि सक्छ। मैले डिनाइ गरिन। अनि अर्को कुरा सुन्दैन भन्ने पनि त्यो पार्शल्ली सही होला। काम गर्दा अरुको सुन्दैन भन्ने होइन। कुनै साथीले कुनै व्यक्तिगत स्वार्थका लागि कुनै कुरा प्रस्ताव गर्दैमा त्यो कुरा मैले स्वीकार्दिन गर्दिन भन्ने चै सही हो। त्यसमा केही कुरा सत्यता होला ।
मैले हेर्ने भनेको व्यक्तिगत स्वार्थ भन्दा पनि संस्थाको स्वार्थ हेरेर निर्णय गर्न चाहान्छु। कुनै व्यक्तिको पछाडि लागेर सानो गुटका लागि मात्र काम गर्ने म होइन। त्यही भएर पनि हिजोका दिनमा म एक्लै हिडेको थिए। म स्वतन्त्र रुपमा अगाडि बढेको थिए।
म सबै सँग सहकार्य गरेर, एउटाको पक्षमा लागेर अर्कोलाई विरोध गर्ने, अर्काको खुट्टा तान्ने सकैलाई प्रमोड गर्ने व्यक्ति म होइन। म सबै साथीहरुलाई समदुरी राखेर न्याय संगत रुपमा सबैलाई समान व्यवहार हुने गरि मेरो काम हुन्छ। संस्थाको सपथ खाए पछि संस्थाको हितमा काम गर्ने हो कसैको दावव आउछ भने त्यसलाई गर्नु पर्छ भन्ने छैन। त्यो सेन्समा साथीहरुले हक्की भन्नु भएको होला त्यसो हो भने हक्की नै सही म स्वीकार गर्छु।
एनआरएनएमा सबै भन्दा गुदीकुरो पैसाकै आउछु। यो अगाडि पनि दशौ हजार अमेरिकी डलर चुनावमा खर्च भयो भन्ने पनि छ। यो पटक तपाई कति पैसा खर्च गर्दै हुन्छ ? र यो दुई वर्ष तपाईले समय पनि दिनु पर्ने हुन्छ त्यसको व्यवस्थापन कसरी गर्नु हुन्छ।
दोस्रोबाट जाँउ समयको व्यवस्थापन भनेको म हिजो पनि कार्यसमितिमा रहदै जाँदा बरिष्ठ उपाध्यक्ष हुदाँ पनि प्रसस्त समय दिए। जति कार्यक्रम भए सबैमा काम गरेको छु। गत चुनाव पछि पनि मैले प्रसस्त समय दिएको छु। म सबै ठाँउमा पुगेको छु। समय दिन सकेको छु। अर्को कुरा मेरो कामको नेचर पनि एउटा प्रोफेशनल काम भएको हुनाले अन द गो पनि काम गर्न सक्छु। प्लेनमा बसेर पनि काम गर्न सक्छु। कामको समय मिलाउन मलाई कुनै समस्या छैन।
जहाँ सम्म पैसाको कुरा हो म चै ठूलो धनाड्य, महिनाको लाखौ कमाउने व्यक्तिमध्ये परिन। उहाँहरु त्यहाँ कोही साथी हुनु होला। यो एनआरएनएमा किन जाने किन जाने भनि राख्नु हुन्छ। मेरो बुझाइमा एनआरएनएमा जाने भनेको आफ्नो पकेटबाट दिने भन्न खोजेको होइन आफ्नो समय आफ्नो क्षमताले नै संस्थालाई कसरी अगाडि लाने भन्ने हो। कसरी हुन्छ यहीको स्रोत के छ त्यसलाई हामीले पत्ता लगाउने हो।
यही अमेरिकी सोसाइटी पर्दाखेर संसार भर सहयोग गर्न सक्छ भने हामीलाई यहाँ पर्दा रिसोर्सेसहरु यही छ। हामीले कसरी हुन्छ अमेरिकी समाजमा भएको रिसोर्सेसहरुलाई पत्ता लगाएर नेपाली समाजका लागि प्रयोगमा ल्याउन सक्छौ। त्यता तिर बढी जोड दिने हो। म सँग पैसा छ त्यही भएर एनआरएनएमा लागे पैसा बाढ्छु भन्यो भने पैसा भएका मान्छेले चलाएका संस्था कसरी चल्यो भन्ने सबैले देख्नु भएको छ। समाजले देखेको छ।
मेरो एप्रोज प्रसस्त पैसा भएर जान खोजेको होइन। म एउटा जागिरे हो। मेरो श्रीमती एउटा जागिरे हुन। हामीले आफ्नो खर्च चलाउन सक्छौ परिवार चलाउन सक्छौ कही जान पर्दा ट्राभल खर्च होटल खर्च गर्न सक्छौ। त्यो भन्दा बाहेक पकेटको खर्च बाड्दै एनआरएनए अभियानमा लाग्न खोजेको होइन। हामीले यहीको स्रोत पत्ता लगाएर कसरी हुन्छ नेपाली समाज लाई सहयोग गर्ने हो। धेरै पैसा आवश्यक नपर्ला । पैसा यही छ खोज्न जान्नु पर्यो।
‘हिजो कुन परिस्थितिमा कसरी चुनाव भयो, कसरी तेस्रो भए भन्ने सबैलाई थाहा छ। केही साथीहरुले ए हिजो हामीले गल्ति गरेछौं। एउटा बहकाबमा लागेछौं,गलत निर्णय गरिएछ। पश्चाताप छ हामीलाई सुधार्ने मौका चाहियो भन्ने पनि साथीहरुको कुरा छ।’