पाकिस्तान एडीबीबाट सर्वाधिक ऋण लिने देशको पहिलो स्थानमा
इस्लामावाद । पाकिस्तान अहिले सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । यही कारणले गर्दा सन् २०२२ मा पाकिस्तान एसियाली विकास बैंक (एडीबी) ले अनुदान दिने परियोजनाका लागि सबैभन्दा ठूलो ऋण लिने देश बनेको छ ।
एडीबीले जारी गरेको वार्षिक प्रतिवेदन २०२२ अनुसार ४० देशलाई ३१.८ अर्ब डलरभन्दा बढीको कुल ऋणमध्ये पाकिस्तानले मात्रै ५ अर्ब ५८ करोड डलर ऋण प्राप्त गरेको छ ।
गत वर्षको बाढीले पाकिस्तानको आर्थिक अवस्था बिगार्न सबैभन्दा ठूलो भूमिका खेलेको थियो । एडीबीको वार्षिक प्रतिवेदनले सन् २०२२ मा पाकिस्तानले सबैभन्दा बढी रकम प्राप्त गरेको उल्लेख गरेको छ । एडीबीले एशियामा ३१.८ बिलियन डलरको परियोजनाहरूलाई वित्त पोषित गरेको छ ।
एडीबी र अन्य साझेदारहरूले पाकिस्तानलाई ५.५ बिलियन मूल्यका परियोजनाहरू दिएका थिए भने २०२२ मा २ अर्ब र ६० मिलियन सहुलियत ऋण पनि पाकिस्तानलाई दिइएको थियो ।