सुमन थापालाई भोट गर्दै नगरौ !
पुण्य पुण्य
डालस, टेक्सास/ गैर आवासीय नेपाली संघ (एनआरएनए) चुनावले अलि अलि अमेरिकी नेपाली समुदायलाई सलबल्याएको छ । चुनावमा दुई-तीन जनाको नाम अध्यक्षको लागि बजारमा सुनिदै छ । जस मध्ये सुमन थापा (भद्रम्यान) को नाम एक हो । एनआरएनए भद्रगोल छ र त्यसलाई सम्हाल्न सुमन थापा नै चाहिन्छ भनेर फेसबुक तिर भेटिने गरिएको छ । तर हाल एनआरएनए जुन अवस्थामा छ, संस्थागत रुपमा जे हविगतमा छ त्यसका लागी उपयुक्त पात्र सुमन थापा हैन ।
राजनीतिको ‘र’ नजानेको पात्र जसले उपाध्यक्ष हुदाँ एक जना पनि प्रतिनिधि काठमाण्डौमा नलग्ने पात्र। एनआरएनए जस्तो पाइलै पिच्छे राजनीति हुने संस्थामा कसरी अध्यक्ष बन्न सक्छ ? हुदैन । युवा वर्गलाई खेलकुद बाट जोडेर एनआरएन अभियानमा जोड्ने पात्र कसरी हुन्छ ? हुदैन ।
कोभिडको बेला विपत सामग्री संङ्कलन गरेर नेपालमा युटीएचए नेशनल गार्डसँग मिलेर सहयोग बोकेको हवाईजहाज पठाउने पात्र पनि अध्यक्ष को प्रत्यासी हुन्छ ? हुदैन खोई राजनीति ? खोई कुटनीति ? भेट्दा मुसुक्क हास्दै हामी भन्दा पहिल्यै नमस्कार गर्ने पात्र कसरी एनआरएनएको अध्यक्ष जस्तो पदको प्रत्यासि बन्न लागेको हो । यसो गमक्क परेर यसले मलाई नमस्कार गर्छ कि गर्दैन भन्नु परेन ? नेता पो त । मान सम्मान हुनु परेन ? खै किन किन मलाई आफै चै उदेक लागेको छ ।
यहाँ हामीलाई राजनीति चाहिएको छ । केशब पौडेल र गौरी जोशीको हस म्यान चाहिएको छ । भोली आइसीसीमा जाँदा आफ्ना पकेटका मान्छे प्रतिनिधि लिएर जाने पात्र चाहिएको छ । यादव पण्डितलाई खाट्टि कांग्रेस चाहिएको छ । एनआरएनए संस्था कसलाई राम्रो, व्यवास्थित र सबैको संस्था चाहिएको छ? छैन ।
सुमन थापा त्यही पात्र हुन जसले नेपाली समाज टेक्सासलाई रुपान्तरण गर्ने ठूलो योगदान दिएका छन । युवा वर्गलाई समाज सेवामा आउँन प्रेरणा दिएका छन । त्यहि पात्र जसले भोलि एनआरएनएलाई पनि रुपान्तरण गरे भने ? हुन्न हुँदै हुदैन । सुमन थापा अध्यक्षको प्रत्यासी सम्म बन्नु हुदैन । भोलि अमेरिकामा पनि, नेपालमा बालेन, हर्क र पछिल्लो समय रविले जसरी परिर्वतनको लहर आयो भने ? हामी राजनीति नबुझेका पात्र हौ र । नेपालमा जे भै रा छ त्यो हामिले देखेको छैन र ? हुदैन, युवा हरु सदस्य नबनौ है । हुदै हुदैन ।
मञ्चमा गएर दुई मिनेट भाषण नगर्ने । मञ्चमा बस्नै नरुचाउने पात्र पनि हाम्रो जस्तो खादा माला, भाषण गर्ने संस्थाको अध्यक्ष कसरी हुन्छ ? हुदैन । एनआरएनए सिमित व्यक्ति बाट उम्कियो भने ? हामीले आज सम्म गरिरहेको कुटनीतिको खेति सकियो भने ? संस्था म बाट हामी भयो भने ? हुदैन । हामीलाई हाम्रो संस्था त्यस्तो चाहिएको हैन र त्यसो गर्ने यो संस्था खोलिएको पनि हैन । प्रमुख अतिथि कसलाई बनाउने भन्ने हाम्रो सनातन् परम्परा तोडियो भने ? हामीले लडाई गर्ने पाएनौ भने । हाम्रो परिचयको सवाल छ । हाम्रो मान्छे प्रमुख अतिथि नभएको कसरी हेर्नु ? कसरी सहनु ?
एनआरएनको प्रमुख मुद्दा भनेको नेपाल सरकार सँग दोहोरो नागरिकताको विषयमा सम्बाद, र लविङ्ग गर्ने हो । तर राजनीति नै नजानेको मान्छे । नेपालमा दुई-चार जना नेताको झोला नबोकेको मान्छे कसरी अध्यक्ष हुन्छ ? हुदैन । रवि लामिछाने जस्ता हजारौ नेपालीले नेपालमा जुन अपमान खेपि रहेका छन ती सबै उनिहरुका व्यक्तिगत समस्या हुन । हामी र हाम्रो संस्था एनआरएनएले त चु बोल्नु हुँदैन त्यस्ता विषय । भोली सुमन थापाले बोले भने ? नागरिकताको विषय टुङगो लगाए भने ? अनि हाम्रो राजनीति ? ओहो हुदैन, हुदै हुदैन । यो दक्षिण पन्थि बाटो, अक्रान्तिकारी बाटो हिड्नु हुदैन ।
आज सम्म हामीले हाम्रो संस्थामा हाम्रै पकडका सिमित व्यक्ति सदस्य बनाएर हामीले यस्तो सुन्दर ( भद्रगोल ) बनाएका छौ । भोलि सम्पूर्ण युवा वर्ग लाई सुमन थापाले जोडेर सदस्य बनाए भने ? हाम्रो संस्थामा हामीले नचिनेका व्यक्ति नेतृत्वमा आए भने ? सक्षम व्यक्ति संस्थामा आकर्षित भए भने ? ओहो ल हुदैन है हुदैन । सुमन थापा लाई भोट हाल्नु हुदैन । अध्यक्ष बनाउनु हुदैन । प्रत्यासी सम्म पनि बन्न दिनु हुदैन । र मुख्यतः नयाँ सक्षम व्यक्तिलाई सदस्य बन्न पनि प्रेरित गर्नु हुदैन । तसर्थ सुमन थापा लाई भोट गर्नु नै हुदैन ।