एकीकृत समाजवादीको तीन मन्त्रालयमा दाबी
काठमाडौं । एकीकृत समाजवादी पार्टीले तीन वटा मन्त्रालय दाबी गरेको छ ।
बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट सरकारमा तीन वटा मन्त्रालयको दाबी रहेको जानकारी दिएका हुन् ।
उनले भने ‘मन्त्रालयको भागबन्डा अझै टुङ्गाइसकेको छैन । यो यो मन्त्रालय भन्ने छैन कम्तीमा पनि हामीले तीन मन्त्रालय पाउनु पर्यो भन्ने हाम्रो दाबी छ यसै विषयमा कुरा मिलिसकेको छैन । ’
तर मन्त्रालयबारे टुङ्गो लाग्ने बित्तिकै मन्त्रीहरूको नाम दिइने उनको भनाई छ ।