त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् ।
९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् । विष्टले ७३१ मत ल्याएका थिए ।
थापाथली इन्जिनियरिङमा शाही
काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भएका हुन् ।
उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका छन् ।