व्याजदर विरुद्ध काठमाडौंमा प्रर्दशन : बैंक नै बन्द गर्ने चेतावनी
काठकाडौं । बैंकको चर्को व्याज दर र ज्यादती बढेको भन्दै शनिवार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
बैंकको चर्को व्याज दरले व्यापारीलाई अप्ठ्यारोमा पारेको भन्दै राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान आवद्धहरुले माईतिघरमा प्रर्दशन गरेका हुन् ।
विरोध कार्यक्रमलाई सम्बोधन गदैं व्यापारी लक्ष्मी खड्काले सरकारले आफूहरुको माग सम्बोधन नगरे २० गतेदेखि हरेक पसलहरुमा सटर लगाउने र बैंक बन्द गर्ने चेतावनी दिईन् ।
‘बैंक ज्यादती विरुद्ध हाम्रो आन्दोलन हो । राष्ट्रिय बैंकमा चलायमान ८६ खर्व पैसा छ । त्यसमा ३२ अर्व पौसा हराएको छ । त्यसैले देशको अर्थतन्त्र र व्यापारीलाई अप्ठ्यारोमा पार्यो ।’उनले भनिन्, ‘ त्यसैले निरन्तर आन्दोलनमा आएका हौं अझैपनि यस्तै सरकारले नसुनेमा हरेक पसलहरुको सटर तानेर बैंक बन्द गर्दिने तयारीमा छौं । २० गतेभन्दा उताको आन्दोलन यहि हो हाम्रो ।’
उनले राज्यको कारणले व्यापारी डुबिरहेको गुनासो गरिन् । ८ प्रतिशत मा सम्झैता भएर आन्दोलन रोक्न २ प्रतिशत घटाए जस्तो गरेको उनको आरोप छ ।