उपराष्ट्रपतिको चुनावमा कांग्रेसले जसपा उम्मेदवारलाई मत दिने
काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवलाई सघाउने गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपतिमा जसपा उम्मेदवार रामसहाय प्रसाद यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।
पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्नेका लागि निर्देशन गरेको समेत दिएको उनले बताए ।
उनले भने, ‘उपराष्ट्रपति पदको यही २०७९ चैत्र ३ गते हुने निर्वाचनमा गठवन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनु भएका जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणि समिति सदस्य रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने र संघीय संसदका माननीय सदस्य एवं प्रदेश सभाका माननीय सदस्यहरुलाई यादवकै पक्षमा मतदान गर्न निर्देश गरेको छ ।’