तेस्रो पटक सी बने चीनको राष्ट्रपति
बेइजिङ । राष्ट्रपति सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । चिनफिङले शुक्रबार औपचारिक रुपमा चीनको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।चीनमा, कुनै नेता लगातार तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएको यो पहिलो पटक हो ।
पिपुल्स पार्टी अफ चाइनाको वार्षिक राष्ट्रिय जन कांग्रेस गत वर्षको अक्टोबरमा सम्पन्न भएको थियो। सोही नेशनल पिपुल्स कंग्रेसमा सी जिनपिङ सर्वोच्च नेतामा निर्वाचित भएका थिए। शुक्रबार चिनफिङले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् । शुक्रबार नै जिनपिङ चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि निर्वाचित भएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि सी चिनफिङले सोमबार पार्टीको संसदीय बैठकलाई सम्बोधन गर्नेछन्। अर्कोतर्फ, सी चिनफिङले सोमबार साँझ पत्रकारहरूसँग कुरा गर्नेछन्।
यस हप्ताको सुरुमा, चिनियाँ कम्युनिष्ट पार्टीले एक मस्यौदा योजना प्रस्तुत गर्यो, जसमा कम्युनिष्ट पार्टीले सरकारमा आफ्नो प्रत्यक्ष नियन्त्रण बढाउने कुरा बताउँछ। अक्टोबरमा भएको कम्युनिष्ट पार्टीको वार्षिक महाधिवेशनमा सी जिनपिङले आफ्नो नयाँ टोली पनि चयन गरेका थिए। जसअन्तर्गत ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । यससँगै ली सी, डिङ सुक्सियाङ र काई क्यूलाई पनि स्थान दिइएको छ।
सी जिनपिङ सत्तामा आउनुअघि चीनका राष्ट्रपति पाँच वर्षको दुई कार्यकाल वा ६८ वर्षको उमेरसम्म मात्र राष्ट्रपति रहन सक्थे तर सन् २०१३ मा सत्तामा आएका सी जिनपिङले यो नियम खारेज गरेका थिए । यही कारणले गर्दा ६९ वर्षको उमेरमा दुई कार्यकाल सफलतापूर्वक सेवा गरिसकेका सी जिनपिङ अभूतपूर्व ढंगले तेस्रो पटक देशको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
चीनको संसदले शुक्रबार सर्वसम्मतिले राष्ट्रपति र सेना प्रमुखको रूपमा सी चिनफिङको तेस्रो कार्यकालको पाँच वर्षे कार्यकाललाई सर्वसम्मतिले अनुमोदन गर्दै अमेरिका र युरोपेली युनियनसँगको बढ्दो तनाव र अर्थतन्त्रमा आएको मन्दीका बीच जीवनभरका लागि सत्ता हातमा दिन पनि अनुमोदन गरेको छ ।