जर्मनीकाे एक चर्चमा गोली प्रहार ७ काे ज्यान गयो
जर्मनी/ जर्मनीको ह्याम्बर्ग सहरको एउटा चर्चमा गोली प्रहार भएको छ । मिडिया रिपोर्टका अनुसार यस हमलामा सात जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
ह्याम्बर्ग प्रहरीले एक ट्वीटमा भनेको छ कि गोलीबारी अल्स्टरडोर्फ क्षेत्रको विटनेस चर्चमा भएको थियो। घटनास्थलमा व्यापक उद्धार कार्य जारी छ । ह्याम्बर्ग प्रहरीले ट्वीट गर्दै अहिले आक्रमणको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
मिडिया रिपोर्टका अनुसार गोलीबारी डिलबोगे स्ट्रिटको एउटा चर्चमा भएको थियो। प्रहरीले ट्विट गरेको छ कि प्रारम्भिक अनुसन्धान अनुसार ग्रोस बोर्सटेल जिल्लाको डेलबोगे स्ट्रिटमा रहेको विटनेस चर्चमा गोली चलाइएको थियो। धेरै मानिसहरु गम्भीर घाइते भए, कतिले ज्यान समेत गुमाए । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मिडिया रिपोर्टहरूका अनुसार नजिकै बसोबास गर्ने बासिन्दाहरूलाई अपरेसनको बीचमा आफ्नो घर ननिस्कन चेतावनी दिइएको छ। एक प्रहरी प्रवक्ताले भने कि आक्रमणकारी फरार भएको कुनै संकेत छैन। मारिनेमा गोली चलाउने व्यक्ति पनि हो वा होइन भन्ने खुल्न नसकेको उनले बताए । धेरै जना गम्भीर घाइते भएका छन् । आक्रमणमा कति जनाको ज्यान गएको प्रहरीले अहिलेसम्म पुष्टि गरेको छैन ।