राष्ट्रपति चुुनाव : मौन अवधि सुरु
काठमाडौं । नेपालमा मार्च ९ तारिखमा हुन लागेको राष्ट्रपति पदको चुनावका लागि सोमबार मध्यराति देखि मौन अवधि सुरुहुने भएको छ । राति १२ बजेदेखि चुनावको दिन मतदान केन्द्र बन्द नहुँदासम्म मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ । यो अवधिमा प्रचार प्रसारका काम गर्न पाइने छैन ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले चैत ५ (मार्च १९) सम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।
साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।
आयोगले मुलुकको सर्वाेच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।