अमेरिकाको राजमार्गमा ट्रयाक्टरको ठक्करबाट कारमा रहेका नेपाली युवाको निधन
पेन्सिलभेनिया,अमेरिका / अमेरिकाको पेन्सिलभेनिया राज्यमा सडक दुर्घटनामा परि नेपाली युवा २६ वर्षीया खगेन्द्र पौडेलको निधन भएको छ।
स्थानीय प्रहरीका अनुसार पेन्सिलभेनियाको आई ८० राजमार्गमा शुक्रवार राति अनियन्त्रित ट्रयाक्टर -ट्रेलरले उनी सवार कारलाई ठक्कर दिदाँ पौडेलले निधन भएको हो।
हिउँ परेको समयमा सो दुर्घटना भएको जनाइएको छ। क्लियरफिल्ड काउन्टी प्रहरीले शुक्रवार राति आठ बजेर २५ मिनेटमा दुर्घटनास्थल भएको र पौडेलको घटना स्थलमै मृत्यु भएको जनाएको छ ।
कारचालकको अवस्था बारे प्रहरीले केही बताएको छैन्। पौडेलको नेपालको ठेगना झापा भएको बताइएको छ।
झापाबाट आइ हाल अमेरिकाको लसएल्जसमा बसोबास गर्ने पत्रकार सुदीप पन्तले पौडेल झापाको भएको पुष्टि गरेका हुन्।
‘दमक निवासि नेपाली काङ्रेसकी नेत्री सामाजिक ब्यक्तित्व मन्दरा पौडेलको एक मात्र सुपुत्र २६ बर्षिय खगेन्द्र पौडेलको अमेरिकामा सवारि दुर्घटनामा निधन भएको खबर सुने । अन्त्यन्त दु:ख लागेको छ ।पेन्सल्भिनिया राज्यमा भएको घटना हो यो । म क्यालिफोर्नियामा बस्छु ।’ पन्तले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।,
पन्तका अनुसार झापा दमकका पौडेल ६ महिना अगाडि मात्र डिभि परेर अमेरिका आएका हुन्। बोस्टनमा बस्ने इन्जिनियर समेत रहेका पौडेल साथी सँग घुम्न हिडेको समयमा दुर्घटना भएको जनाइएको छ।
पौडेलका परिवार नेपालमा नै छन्। उनी परिवारको एक्लो छोरा हुन्। उनका आमा, बा तीन दिदि बहिनी छन्। पौडेलकी आमा मन्दरा नेपाल महिला संघ दमकको नगर सभापति हुन। उनका बा राजेन्द्र पौडेल हुन् ।
फोटो सुदिप पन्तबाट