वित्तीय क्षेत्रका समस्या समाधान हुन्छन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
आइतबार सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताए ।
छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उनले बताए । उनले आवश्यक परे समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउन पनि तयार रहेको जानकारी दिए ।
बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरुले अहिलको अवस्थामा बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरु दिएका थिए ।
बैठकपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको समस्याका बारेमा प्रधानमन्त्रीले चासो व्यक्त गरेका थिए ।
उनले सरकारबाट ऋण तिर्नका लागि केहि समय र सहुलियत दिनुपर्ने र यसमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने सुझाव दिएको जानकारी जानकारी दिए ।