दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो
काठमाडौँ । दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले बढ्ने भएको छ ।
मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । जसअनुसार दूधको मूल्य लिटरमा ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।
नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।