प्रदेश नामकरणको खुसीयालीमा विदा
संघीयता कार्यान्वयन पछि बल्ल सवै प्रदेशको नामकरण गर्ने काम पूरा भएको छ । ७ प्रदेश रहेकोमा सबैभन्दा पछि नाम राख्ने प्रदेशको रुपमा साविकको प्रदेश १ रहन पुग्यो ।
प्रदेश सभाको पहिलो कार्यकालमा राजधानी विराटनगरमै राखिएको थियो । त्यतिबेला राजनीतिक दलहरुकाबीचमा सहमति नजुट्दा प्रदेशको नामकरण हुन सकेको थिएन । तर, बुधबारको प्रदेश सभामा नेकपा एमाले र नेपाली कांग्रेसको सर्थनमा प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव पेश गरिएको थियो ।
मतदानमा सहभागि ८६ जना सांसद मध्य ८२ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए । उक्त प्रस्ताव २ तिहाई बहुमतले पारित भएपछि बिहीवार ‘कोशी’ प्रदेश सरकारले सार्वजनिक विदा पवनि दिएको छ ।
त्यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशमा बसोबास गर्ने सवैलाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।