देश विदेशीले चलाइरहेको छ, नेपाली नेताहरू भकुन्डो जस्ता भए : विप्लव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले, देशमा सरकार गठन प्रकृया लाजामर्दो भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा बुधवार आयोजित संस्कृतिक कार्यक्रममा बोल्दै उनले एक दिन सरकार गठनमै अस्थिरता देखिएको भन्दै चर्को आलोचन गरेका हुन् ।
उनले देशका समस्या समाधान लागि भन्दा पनि कमाउने तिर नेताहरुको ध्यान गएको आरोप लगाए ।
उनले भने ‘नेपालमा चुनाव भएको ५ महिना भइसक्यो तर सरकार नै बनेको छैन्। एकदिन सरकार बन्छ बिहान उठ्दा अर्को मन्त्री भैसकैको हुन्छ । एकदिने बालुवाटारमा भाषण चलिरहेको हुन्छ अर्को भाषण बालकोटमा चलिरहेको हुन्छ । विदेशी आएका छन्, लुटेका छन्, आदेश दिएका छन् । नेपालको नेता भकुन्डो जस्तो भएका छन् ।’
नेपाली नेताहरु विदेशीको इशारामा चलेको उनको आरोप छ।
विदेशी आएर चलाउने, लुट्ने खालको क्रियाकलापहरू हुने गरेको र शिक्षाको विषयमा भन्दापनि कुर्सीको विषयमा वार्ता हुने गरेको उनको भनाई छ ।
उनले भने ‘नेपालका सबै नेताले बुझेको भए एकतावद्ध भएको भए कुनै पनि काम गर्न असम्भव छैन् । शिक्षा नै राम्रो छैन् भने देश राम्रो बन्दैन । यहाँ त शिक्षामा चासो नै छैन् ।’
नेताहरु बाँडेर खाने भागबन्डा लगाउने रमाइलो गर्ने तर जनता के गर्दैछन्, कस्तो अवस्थामा छन्, देशको शैक्षिक अवस्था कस्तो छ भन्ने कुराहरूमा ध्यान नदिएको उनको टिप्पणी छ ।