रास्वपाले हटायो घण्टी घेर्ने गोलाकार
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनाव चिह्न संशोधन गरेको छ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा गोलाकारभित्र घण्टी चुनाव चिह्न लिएर चुनाव लडेको रास्वपाले निर्वाचन आयोगबाट चुनाव चिह्न संशोधन गराएको हो।
बुधबार जारी गरेको विज्ञप्तिमा रास्वपाले पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन प्रस्तावका आधारमा आयोगले यही फागुन १५ गतेको बैठकबाट पार्टीको चुनाव चिह्न घण्टी कायम गराइदिएको जानकारी दिएको छ ।
रास्वपाको यसअघिको चुनाव चिन्ह घण्टी गोलाकार भित्र थियो भने घण्टीमात्रै हुनेछ ।