राष्ट्रपति चुनावका लागि कार्यदल बनाउने ८ दलीय गठबन्धनको निर्णय
काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा आइतबार साँझबसेको आठ दलिय गठबन्धनको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा कार्यदल बनाएको हो ।
कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी सदस्य रहेका छन् ।
बैठकपछि, माओवादी महासचिव देव गुरुङले २५ गतेको राष्ट्रपतिको निर्वाचनको तयारीबारे आजको बैठकले निर्णय गरेको जानकारी दिए । उनले भने आज अरु केही एजेन्डा थिएन राष्ट्रपति निर्वाचनको तयारी मात्रै हो ।
कार्यदलले २५ फागुनमा हुन राष्ट्रपति निर्वाचनको तयारीको जिम्मा पाएको छ । सो निर्वाचनमा ८ दलको साझा उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन आवश्यक तयारी र भूमिका खेल्न भनिएको छ ।