साइबर सुरक्षामा ध्यान दिन सांसद यादवको आग्रह
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका सांसद प्रदीप यादवले साइबर सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै‚ साइबर सुरक्षामा पर्याप्त ध्यान पुर्याउन नसक्दा सरकारी वेबसाइटहरू अवरूद्ध हुने गरेको तफर् ध्यानाकर्षण गराएका हुन् । साइबर सुरक्षामा ध्यान नदिदाँ थुप्रै चुनौती आउने भन्दै उनले सूचना प्रविधिको लगानी व्यवस्थित गरी नेपालको विज्ञ क्षमता बढाउन माग गरेका हुन् ।
‘साइबर सुरक्षाको लापरबाहीले त्रिभुवन विमानस्थलमा पटक – पटक घन्टौँ अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा विदेश जाने र आउने यात्रुहरूलाई अध्यागमन कार्यालयले सेवा दिन सक्दैन । जसका कारण हजारौं यात्रुले सास्ती ब्यहोर्नु परेको छ । फेरि कुनैदिन विमानस्थल मात्र होइन अधिकांश सरकारी वेबसाइट नै बन्द हुन्छ ।’
वेबसाइटहरू पटक – पटक बन्द हुँदा ह्याक हुने‚ डाटा चोरी हुने‚ दुरुपयोग हुने जस्ता कार्य भएकाले साइबर सुरक्षाको लागि गम्भीर हुनुपर्ने बताएका छन् ।