राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता हुने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ओलीले भोलि आफ्नो पार्टीको मनोनयन दर्ता हुने बताए ।
उनले भने‚ ‘ भोलि मनोनयन हुन्छ । एमालेको हुन्छ भनेर हामीले पुष १० गते बाट नै टुंगो लगाएका थियौं । अरुको घटनाक्रम हामीलाई थाहा छैन् ।’
ओलीले बालुवाटारमा बसेको कांग्रेस‚ माओवादीसहित चार दलको बैठक र पछिल्लो घटनाक्रमबारे आफूलाई वास्ता नभएको प्रतिक्रिया दिए ।
पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो ।