लघुवित्त संस्थाबाट ऋण लिन वाणिज्य बैंकका ऋणीलाई रोक
काठमाडौं । राष्ट्र बैंकबाट क, ख र ग वर्गको बैंकको इजाजत प्राप्त संस्थाबाट ऋण लिएका ऋणीले अब घ वर्गको लघुवित्त संस्थाहरुबाट ऋण लिन नपाउने भएका छन् ।
राष्ट्रबैंकले लघुवित्त संस्थाका लागि जारी एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै बुधबार एउटा व्यक्तिले एउटा लघुवित्तबाट मात्रै कर्जा सुविधा पाउने व्यवस्था समेत हो।
‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैन राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ ।
अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए÷नलिएको सम्बन्धमा ऋणीले स्वघोषणा गर्नुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए÷नलिएको यकिन गर्नुपर्ने बैंकले जनाएको छ ।
‘एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ’ निर्देशनमा भनिएको छ।’