क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गर्ने क्रिकेट खेलाडीलाई बधाई दिएका छन् ।
मंगलबार प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकामा बधाई दिएका हुन् ।
उनले भने‘आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
घरेलु सिरिजमा नेपालको क्लिन स्विप : स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण जित