अबको अर्जुन दृष्टी स्ववियुको निर्वाचन : नव निर्वाचित अध्यक्ष समिक बडाल (भिडियो)
काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नव निर्वाचित अध्यक्ष समिक बडालले आगामी स्ववियु निर्वाचन आफ्नो अर्जुन दृष्टि भएको बताएका छन् ।
पद तथा गोपनीयताको सपथपछि प्रतिक्रिया दिदैँ उनले, आफ्नो संगठनले नयाँ नेतृत्व चयनको महत्वपुर्ण कार्यभार पुरा गरेको र अब नयाँ नेतृत्वले आगामी स्ववियु निर्वाचनलाई केन्द्रमा राखेर पहिलो कार्यभार पुरा गर्ने बताए ।
अनेरास्ववियुको नयाँ कार्यसमिति
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भए । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।
बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए ।
सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।
निर्वाचनमा १५१७ मत खसेको थियो ।
महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उनले ७३३ मत प्राप्त गरे ।उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।
सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले विजयी भएका छन् ।