हिँउ हेर्दै अमेरिकाको यात्रा
कमल खनाल /
नर्थक्यारोलिना /हरेक यात्राको उद्धेश्य हुन्छ। छोटो होस् वा लामो, बिदेश होस वास्वदेश। हरेक मानिसका आन्तरिक र बाह्य उद्धेश्य हुन्छन्। छोटा हुन्छन्, लामा हुन्छन् कतिपय उद्धेश्य यात्रा संगै सकिन्छन् भनेकतिपय केहि दिन,महिना र बर्ष लाग्न सक्छन्। म त्यो यात्रिमा पर्छु।
मेरो उद्धेश्य छोटो छ र प्रभावकारी छ। त्यसकै लागि यात्रातय गरेको थिए मैले पनि। अन्य यात्रिहरूको जस्तै मेरा उद्धेश्यहरूपनि क्रियाशील छन र अमेरिकाको यात्रा तय गरेको थिए। केहि अप्ठ्याराहरू हुँदाहुदै पनि मैले अमेरिकाको यात्रा तय गरे २फेब्रुअरी २०२३ मा टिकट थियो।
यस पटक पनि मैले एक्लै यात्रा गरिन साथमा शुबासिनी थिइन। तर पनि अमेरिका मेरा लागि त्यति उत्तेजित र उत्साहित थिएन। अमेरिका जानुनै थियो। फेरि घरमा नै एउटा मांगलिक कार्यलाइ छोड्नु पर्दा त्यति रमाइलो लागि रहेको थिएन। समय मिलाउन नसक्दा पारिवारिक जमघटको रमाइलोलाई मन भित्र राखेर टाडिएर हिडेको थिए।
मेरो उपस्थितिमा रमाइलो मान्नेहरूको निन्याउरो पनलाई मैले राम्रै सँग बुझेको थिए। मेरा बाध्यतालाई पनिबुझेर आमा लगायत भाइ बैनी र छोरा छोरीहरूले मलाई शुभयात्राको कामना गरिरहेका थिए। भानिज दाइ,भाइहरू माधव ,केदार छोराहरू सूर्यभक्त र निरज एयरपोर्ट नै पुगेका थिए। प्रलिन पनि एयरपोर्टको यात्रामानै थिए।
छोरा सूर्यभक्तले सामानको जाँच र सूरक्षा प्रक्रिया पुरा गराएर हामीलाई बिदाइ गरे। अमेरिकाका हरेक पटकका यात्राहरू सुयोग्य बन्न सकेका थिएनन्।
यस पटक त्यस्तो नहोस मेरो कामना थियो। यात्राका उद्धेश्यले समय लिए पनि जहाबाट पहिलो पाइला चालिएको थियो र जहाँ पुग्नु पर्ने थियो ,त्यो यात्रा बिनाअवरोध टुंगिएको छ। काठमाण्डौबाट कतार एयरलाइन्सको बेलुका ७ बजेको ५.३० घन्टाको उडानलाई कतारमा नै बिश्राम दिइयो। अर्को ५ घन्टा त्यहि नै बिताइयो।
५ घन्टाको समय बित्यो अर्को उडानका लागि हामी तयार भयौ । अब १४ घन्टाको लामो उडानको यात्रालाई स्वीकार गर्दै हामी हिड्यौ अमेरिकन एयरलाइन्सको उचाइतिर ,हामीलाई आवश्यक खानपान सहितको स्वागत पछि हामीले १४ घन्टा लामो यात्राको प्रारम्भ गर्यौ।
अर्को मलाई रोचक लागेको बिषय के थियो भने अमेरिकाको उडान अवधिभर टि मोवाइलले गर्ने संकेत थियो। जहाँ अमेरिकन जहाज उडानको आकाशमा निर्दिष्ट बाटो थियो त्यो बाटो धैरे देशको आकाश प्रयोग गर्दै उड्नु पर्ने रहेछ।
कतारको ट्रान्जिटमा सेवा दिएको टि मोवाइलले अव अमेरिकन एयरलाइन्सको गतिसँगै सम्बन्धित देशको आकास प्रयोग गरेको संकेत गरिरहेको थियो। म जस्तो भूगोलको अज्ञानतामा यात्रा गर्ने यात्रुलाई त्यो भूगोल भित्रको देशको भौगोलिकता बुझ्न र हेर्ने मौका प्रसस्त मिल्यो। मेरो चासो र खुलदुलीले प्राप्त गरेको त्यो अवसर मेरालागि फेरि प्राप्त हुन्छ हुदैन निश्चित छैन। जहाजको उडान समय तालिका,सीटको सम्भाब्यता र टीमोवाइल समेत सबै मिल्नु पर्ने हुन्छ।
अमेरिकन एयरलाइनसले कतारको भूमि छोड्यो र साउदि अरेवियाको आकासमा प्रवेश गर्यो। बेलुकाको समय सहरहरूमा बत्तिको सौन्दर्यले देशको बिकासको अबस्थाका बारेमा जानकारि दिइरहेको थियो।
जहाजको गति सँगै त्यो देशको भूगोल छुट्दै थियो। पूर्वतिर बिस्तारै उज्यालोको साम्राज्य फैलिरहदा हाम्रो जहाजले पूर्वलाई छोड्दै पश्चिम बडिरहेको थियो। पूर्वको उज्यालो पश्चिम जानुनै थियो। त्यसैले पूर्वको उज्यालो बिस्तारै पश्चिम सर्दै गर्दा पूर्बी मुलुकका देशहरूमा अध्यारोले आसन जमाउदै गइरहेको थियो।साउदी अरेवियाले पूर्वको उज्यालो पर्खिरहदा हामीले साउदी अरेबियालाई बत्तिको उज्यालोमा देखेका थियौ।
अर्को रमाइलो र आनन्ददायी पक्ष के थियो भने पूर्वको उज्यालो आफ्नै गतिमा पश्चिम सरिरहदा जहाजको गतिलाई उज्यालोको गतिले उछिनि सकेको थियो। यसरी पूर्व अध्यारो हुदै जादा पश्चिम उज्यालो हुदै गइरहेको थियो। उज्यालो सँगसँगै जहाजले इजरायलको आकास छोइ सकेको टी मोवाइलले संकेत गर्यो।
टी मोवाइलको संकेत सँगै मैले इजरायलको भूमिको अवलोकन गरिरहे। मलाइ रमाइलो मात्र थिएन उत्सुकताले मेरो मन भरिएको थियो। त्यो भूमिको दृश्य र भूगोल दुवै हेर्न इजरायल पुगे पनि सम्भव हुदैन।किन भने मैले ३६००० फिट माथिबाट देखेको भूगोल इजरायलको भूमिबाट सम्भब हुदैनथ्यो।
इजरायल पछि जहाजले टर्की प्रवेश गर्यो। यूरोपको भूभाग भएकोले चिसो स्वभाविक थियो। जनवरी र फेब्रुअरी महिना हिउपर्ने महिनाहरू पनि हुन। टर्कीको भूगोल हिँउले सेताम्य थियो। जमीन र घरहरूको भौगोलिक स्वरूपमास्पष्ट बिभाजन देखिन्थ्यो। ग्रीस र टर्की दुवै यूरोपियन भूमिका मुलुक हुन।
कुनैबेला यी दुइ यूरोपियन मुलुकका राजधानी ग्रीसको अंकरा र टर्कीको एथेन्स थियो। जुन अहिले ठिक उल्टा छ। छिमेकी मुलुक भएका कारण टर्कीको भूभाग छोडे पछि ग्रीस प्रवेश गर्यो जहाजले। टी मोवाइलले त्यसरि नै संकेत गर्यो।त्यतिबेला सम्म धेरै नै उज्यालो भइसकेको थियो। ग्रीस पनि टर्की जस्तै हिउले ढाकिएको थियो।
ग्रीसको उत्तरी भागमा पर्ने नर्थ मासेडोनियाको छात्ति भरि हिउ थियो। यी दुवै देश नेटोका सदस्य र मेम्बर अफ दीकाउन्सील अफ यूरोपका राष्ट्रहरू हुन।
जहाजले यूरोप छोड्यो र सर्बिया र बोस्निया हर्जगोभिनिया प्रवेस गरेको संकेत टी मोवाइलले दिइरहेको थियो। यी दुई पनि लामो यूद्ध पछि १९९५ तिर भूभागको बाँडफाँडमा सहमति भए पछि बनेका मुलुक थिए। यी देशहरूको भूगोल हिँउ भित्र सुतिरहेका थिए। पहाडी मुलुक भएकाले थुप्रै साना ठुला पहाडहरू देखिएका थिए। तर ती पहाडी भूभागका डाँडाहरू पनि पुरै हिउले ढाकिएर हिमाल जस्ता देखिएका थिए। जमीनमा पुरै हिउ थियो।
पानीका पोखरीहरू हिँउले भरिएकादेखिन्थ्ये। हिँउ पग्लेर जनजीवन सामान्यीकरण हुन त्यति सहज देखिन्थेन। हिँउले साम्राज्य जमाएर उठ्नै नसक्ने गरि सुतिरहेका देखिन्थ्ये यी देशहरू। हामीले धेरै बर्ष अगाडि यूद्धका कारणबाट नाम सुनिएकादेशमा पर्थ्ये यी मुलुकहरू। ३६०००फिट माथीबाट गरिएका दृश्याबलोकनले मलाइ नियास्रो र रमाइलो दुवैलागि रहेको थियो।
जमीनको भागदेख्न नपाउदाको स्थिति र हिँउले ढाकिएर शहर होकी जंगल हो एकिन गर्न गाह्रो देखिन्थ्यो। यसरी टी मोवाइलको संकेतले देश र त्यो देशको भूगोललाई हेर्नलाई सहज गराएको थियो। जहाँजले उत्तरी भूभाग हुदै अमेरिका तिर अगाडि बडिरहेको थियो। जहाज क्यानेडियन भूभागलाई उत्तर तिर पारेर अगाडि बढिरहेको थियो।
उत्तरी गोलार्धमा पर्ने मुलुकहरू हिँउको चपेटामा परिरहेका हुन्छन र थिए । हिँउले उठ्न नसकेर सुतिरहेका मुलुकहरू कहिले उठ्लान र दैनिकीलाई निरंतरता देलान त्यो चिन्ता रचासो म मा थियो। किनभने म पनि हिमाली राज्यबाट हिमालको आनन्द लिएर आगन मै हिँउ नदेखेको मानिस हू। जहाँ मैले पाइला पाइलामा हिउ कुल्चिनु परेको छ।
एकातिर पुरै हिँउले ढाकिएका मुलुकहरूको छात्ती माथि माथि उडिरहेका थियौ। अर्को तर्फ जमीन माथि हिँउ ,हिँउ माथि बादल, बादल माथि जहाज।जहाजको पुरै यात्रामा समुन्द्र कतै देख्न पाइएन। कतै कपास सुकाए जस्तै सेतो र सुकिलो पिउरी जस्तोदेखिने बादल देखिन्थ्यो भने कतै कालो र सेतो बादलको संमिश्रणले भयंकर डर लाग्दो संकेत गरिरहेकोजस्तो लाग्थ्यो।
जहाजको उडानमा भने कुनै अस्वभाविक संकेत केहि थिएनन्। जहाजको रूट स्वच्छथियो। यात्रा सुखद र पूर्ण थियो। जहाजको उचाइबाट देखिने दृश्यहरूले मेरो मन तानिरहेको थियो।जहाजका सबै झ्यालहरू बन्द गरेर यात्रुहरू निदाउन थाले मलाई पनि निद्रा लागेको थियो तर यो परिवेश मैले पुन प्राप्त गर्न सम्भव थिएन ।
त्यसैले त्यो समयको भरपुर उपयोग गरे मेरा लागि यो ठूलो उपलब्धि सम्झे र निद्रालाई पर पन्छाउदै जमीनमा मेरा आँखा गाडीरहे। मैले जे देखे र जे अनुभूति गरे त्यो मेरो जीवनको उत्कृष्ट समय थियो। मैले बिशेष गरि सर्बिया, बोस्निया र हर्जगोभिनाको छात्तिमा कुल्चेर प्राप्त गरेको अनुभूति र देखिएका दृश्यहरू कसैले चाहेर पनि अब सम्भब देखिदैन।
यस कारण यस पटकको यात्रा मेरा लागि अविश्मरणिय रह्यो। सर्बिया, बोस्निया र हर्जगोभिनियालाई जहाजले छोड्यो। क्यानडालाई उत्तर तिर राखेर उडान भरिरहेको जहाजले ३६००० फिटबाट तल ओर्लन निकै समय लगाएको थियो।जोनअफ केनेडी अन्तर्राष्ट्रिय एयरपोर्टमा जहाज अवतरण गर्यो उसले आफ्नो जिम्मा पुरा गर्यो। हामी आफ्नो गन्तब्यका लागि छोटो दुरीको उडानको प्रतिक्षामा थियौ। अन्तत दुइदिनको ३२ घन्टालाई मैले सहज उपयोग गरे।
न्यूयोर्कमा सात घन्टा बढीको ट्रान्जिट थियो। लामो ट्रान्जिट भएकोले एयरपोर्टबाट बाहिर निस्केर न्यूयोर्कलाई पाँच घन्टे फन्को लगाउन पदम भाइलाई न्यूयोर्क जेएफ के एयरपोर्टको डोमेस्टिक टर्मीनल भवनमा बोलाएका थियौ। तोकिएकै समयमा भाई पदम आइपुगेका रहेछन।
हामीसँग ह्वीलचियरमा यात्रा गर्ने दिदी भिनाजु हुनुहुन्थ्यो। उहाँहरूलाई हामीले छोड्न सक्ने अवश्था थिएन। उहाँहरूको सुविधामा हामीले पनि स्वाद लियौ।हामी बाहिर निस्कन पाएनौ। पदम भाइले हामीलाई फोन गरेछन् फोनले धोका दिएछ। भेट हुन सकिएन।पदम भाई हार्दिकताका साथ हामीलाई सहयोग गर्न आएका थिए।
४० डलर त गाडि पार्किङ्ग चार्ज मात्र तिरेछन्। मैले उनलाई फोन गरे,उनि बाहिर निस्कदै रहेछन। मैले क्षमा माग्दै पदम भाइलाई हाम्रो स्थितिको बारेमा बताए। उनले हामीलाई खाना खुवाउने र सम्भब भए सम्म घुमाउने योजना सहित आएका रहेछन। तर सम्भब भएन। अब अर्को पटकलाई बास बस्यो त्यो यात्रा।
यस पटक पनि अगिल्लो पटक फोन गरेर बोलाएकै केहि मित्रहरूरलाई फोन गरेको थिए। पहिलो चोटी परिस्थिति नमिलेर नआएका हुन कि भन्ने मलाई लागिरहेको थियो। उनिहरूलाई पनि मौका दिनु पर्छ त्यसै दोष लगाउन मिल्दैन भन्ने सोचे र उनिहरूलाई फोन गरेर बोलाएको थिए।
उनले फेरि आलटाल गरे मैले कुरोबुझे। कुनै समय घन्टौ कुरा गर्ने हप्ता दिन बस्ने गरेर आउन आग्रह गर्ने मित्रहरूले नेपालबाट नै फोन गर्दा पनि समय मिलाउन सकेनन्। अव उनिहरूलाई अर्को पटक फोन गर्नु पर्ने आबश्कता रहेन। मित्रताको गाँठो बिस्तारै फुस्किदै गयो।
उनिहरूले नजीक सोचेर गरेको ब्यबहारले उनिहरूलाई नै टाढा पुर्यायो। सायद उनीहरूले अब जाँड खाएर पनि फोन गर्ने हिम्मत गर्दैनन्। न्यूयोर्कको बाटो र मान्छे दुवै चिनियो। झुट बोल्ने मानिस न्यूयोर्कमा बस्ने हुन कि न्यूयोर्कले झुटो बोल्न सिकाउने हो भन्ने अर्को परिक्षण गर्न बाँकी छ।
अहिलेपनि फोन गरेर घुम्न आउनोस भन्नेहरूको भने परीक्षा लिन बाँकी नै छ। अमेरिकाका कुन कुन शहरमा बस्नेमानिसहरूमा हार्दिकता देख्न पाइन्छ। त्यो परीक्षण गर्न बाकी नै छ। हामी ७.३० को उडानबाट आर डि यूका लागि उडियो। १.२५ घन्टाको उडान पछि आर डियू पुग्यौ।
यस पटक लगेज मिसप्लेस भएन। लगेज संगै घर पुग्यौ।