विकासको काममा कुनै सम्झौता हुदैँन् : पर्यटन मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्रलाई विकास गर्ने काममा कुनै पनि प्रकारको सम्झौता नहुने बताएका छन् ।
पर्यटन बोर्डमा शुक्रवार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० ठाँउमा गएर १० जनालाई घुस दिएर काम गर्नुपर्ने प्रवृत्तिको अन्त्य गर्ने बताए ।
उनले सुशाशन विधिको शासन भन्दा बाहिर गएर काम गर्ने छुट नभएको बताउँदै त्यसको लागि सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रलाई विकास गर्नु आवश्यक भएको बताए ।
उनले जात, भाषा र लिङ्गको आधारमा होईन काम र परिणमको आधारमा दण्ड र पुरस्कार दिने व्यवस्था गर्ने बताए । संसारमा ठूला ठूला अविस्कार हुन सक्छ, तर हाम्रो देशमा भएको सम्पदा, भाषा र संस्कृति कसैले आविस्कार गरेर गर्न नसक्ने बताउँदै यसको आधारमा देशको पर्यटन क्षेत्रलाई अगाडी बढाउन सक्ने पनि उनको भनाई छ ।
उनले पर्यटन क्षेत्रको सरसफाईको लागि मन्त्रालयले अनुगमन टोलि खटाउने र मन्त्रालय आफै पनि लाग्ने बताए ।