गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्दैन् : जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले गैरराजनीतिक व्यक्ति राष्ट्रपति नहुने बताएका छन् ।
संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले गठबन्धनबाटै सहमति खोजिने र गैरराजनीतिक व्यक्ति राष्ट्रपति नहुने बताएका हुन् ।
‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल भएको छैन । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन् र गठबन्धनबाटै सहमति खोजिन्छ ।’
शर्माले अहिले गठबन्धनमा खटपट भएको कुरा बाहिरी हल्लामात्र भन्दै त्यस्तो केही नभएको दाबी समेत गरे ।