स्वास्थ्य क्षेत्र सुधारका काममा लागेका छौ : स्वास्थ्य मन्त्री गिरी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा आम जनतालाई प्रत्यक्ष अनुभूति हुने गरि ठूलो परिवर्तन आउँने आत्मविश्वास व्यक्त गरेका छन् ।
नेकपा एमाले पर्वत काठमाडौं सम्पर्क मञ्चले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई बधाई तथा स्वास्थ्य नीति तथा कार्यक्रमको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा बोल्दै उनले लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवि व्यत्तित्वहरुसँग मिलेर स्वास्थ्य क्षेत्रमा भएका समस्यालाई समाधान गर्ने काममा जुटेको बताए ।
उनले ठूलो बजेट व्यवस्था गर्न नसके पनि भएका स्रोत र साधनलाई व्यवस्थित र योजनाबद्ध रुपमा प्रयोग गर्ने विषयमा मेहेनतका साथ लाग्ने बताए ।
‘मलाई एकदमै अत्मविश्वास छ । लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवि व्यत्तित्वहरु हामीसँग छ । हामीले समाजबाट देखे छौ भोगेका छौ । स्वास्थ्य क्षेत्रका समस्या राम्रो सँग बुझेका छौ ।’
मन्त्री गिरीले भने, ‘त्यसकारणले यो पटक हामीले स्वास्थ्य मन्त्रालयमा काम गर्ने विषयमा आम जनताले प्रत्यक्ष अनुभूति हुने गरि ठूलो परिवर्तन आउँछ त्यो आत्मविश्वासका साथ भन्न सक्छु । ठूलो बजेट हामीले अहिले ल्याउन नसकुला तर भएको स्रोत र साधनलाई व्यवस्थित र योजनाबद्ध रुपमा प्रयोग गर्ने विषयमा हामी मेहेनतका साथ लागेका छौ ।’
उनले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्ने काम गर्नुपर्ने बताउँदै त्यसको लागि स्वास्थ्य संस्था र प्रयोगशालाहरुलाई सुधार गर्ने र स्वास्थ्य विमालाई प्रथामिकताका साथ अगाडि बढाउने विषयमा अध्यन भईरहेको बताए ।
स्वास्थ्य क्षेत्रमा भएको समस्याहरुलाई अन्त्य गर्नको निम्ति लागि परेको पनि उनको भनाई छ ।