अर्को महिना राजिनामा दिने न्यूजिल्याण्डकी प्रधानमन्त्रीको घोषणा
वेलिङ्टन । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले फेब्रुअरी ७ देखि आफु पदमा नरहने घोषणा गरेकी छिन् ।
बिहीवार लेबर पार्टीका सदस्यहरुलाई सम्बोधन गर्दै उनले भनिन् “मेरो लागि यो राजीनामाको समय हो ।”
सन् २०१७ मा गठबन्धन सरकारो नेतृत्व गरेकी आर्डेनको पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा बहुमत हासिल गरेको थियो । तर हालै भएको चुनावमा उनको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखिएको छ ।
उनले फेब्रुअरी ७ देखि पद छाडेपनि उनी निर्वाचित सांसदको रुपमा भने संसदमा उपस्थित हुनेछिन् । उनको यो घोषणासंगै न्यूजिल्याण्डमा अब नयाँ प्रधानमन्त्री चुन्नको लागि प्रक्रिया सुरु भएको छ ।
राजिनामाको घोषणासंगै आर्डेनले अर्को आम चुनाव अक्टोबर १४ मा हुने र त्यति बेलासम्म संसद चलिरहने पनि बताएकी छिन् ।