अमेरिकामा पीएचडी गर्दै गरेका विद्यार्थी नेता थोमस बास्तोलाले ल्याए ‘म देश खोज्दै परदेश आएं’
पेन्सिलभेनिया, अमेरिका / अमेरिकामा विद्यावारिधि गर्दै गरेका विद्यार्थी नेता थोमस बास्तोलाले विभिन्न कारण परदेशिन बाध्यहरुको कथाव्यथालाई गीतमा उतारेका छन्।
बास्तोलाको रचना रहेको ‘म देश खोज्दै परदेश आए’ नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको छ।
‘परदेशमा रहँदा भिन्दै खालका पीडाहरू हुन्छन्; कति भन्न सकिने र कति अनुभूति मात्र गर्न सकिने । मैले तिनै अनुभूतिलाई शव्दमा पोख्ने प्रयत्न गरेको छु ।’ गीतका बारेमा बास्तोलाले भनेका छन्।
गीतमा सुमधुर स्वरका धनी चर्चित गायक शिव परियारको स्वर भरेका छन्। यस्तै स्थापित संगीतकार पबिधन खालिङको सङ्गीत र बरिष्ठ पत्रकार नारायण श्रेष्ठको भूमिका वाचन गीतमा रहेको छ।
गीत :- म देश खोज्दै परदेश आए
स्वर :- शिव परियार
रचना :- थोमस बास्तोला
संगित :- पविधान खालिङ
व्यवस्थापन :- फणिन्द्र राई
भूमिका वाचन :- नारायण श्रेष्ठ
रेकर्डिङ स्टुडियो: पर्पल नक्सल केटीएम
रेकर्डिस्ट :- सुमन खड्का
मिक्सिङ एण्ड मास्टरिङ :- किशोर थापा
गीतको पूर्ण पाठ
म देश खोज्दै परदेश आएं
हजार हण्डर ठक्कर पाएं
जत्ती बस्छु लाग्छ उत्ती माया देशको
संस्क्रिती आफ्नै भाषा र भेषको
समस्य दुई छाक साँझ बिहानको
हरायो कता मुल्य खै जीवनको
न रोजगारी सुरक्षा दिएको
त्यसैले छोरो परदेसिएको
सपना हर रात पहाड खोलाको
आभाष हुन्छ आमाले बोलाको
सपनामा पुग्छु घर खेतबारी
खोज्दैछु एक्लै आफ्नै चिनारी
दु:ख सम्झी मनमा जब आगो बल्छ
गरे श्रम देशमै त्यही सुन फल्छ
उर्लिन्छ मनको जब देश भक्त
उद्ध्यम छ गर्नु देशमै सशक्त
यो गीत यहाँ सुन्न सक्नु हुन्छ