बीस वर्ष अगाडि रचित ‘चिसो चिसो बताससँगै’ म्युजिक भिडियोमा
पेन्सिलभेनिया, अमेरिका / राम कृष्ण ढकालको स्वरमा ‘चिसो चिसो बताससँगै’ बोलको गीत सार्वजनिक भएको छ।
एबि ड्रिम क्रियसन युट्युब च्यानलमार्फत शनिबार गीत सार्वजनिक गरिएको हो। कमल दाहालको शब्द रहेको गीतमा राम गुरुङले संगीत भरेका छन्।
विशाल गुरुङले निर्देशन गरेको म्युजिक भिडिओमा रमेश दियाली र मुना क्षेत्री, प्रिसिला घिमरेको अभिनय छ।
पछिल्लो समय बढ्दो क्रममा रहेको सम्बन्ध विच्छेदसम्बन्धी घटनालाई गीतमा प्रस्तुत गरिएको छ।
‘यो गीतमा सम्बन्ध विच्छेदले बालमनोविज्ञानलाई कतिको प्रभाव पार्छ भन्ने कुरा देखाउन खोजेको छ,’ दियालीले भने।
अशोक भुजेलले छायांनक तथा सम्पादन गरेको गीतलाई अशोक भुजेलले कोरियोग्राफी गरेका हुन्
दाहालले सन् २००२ मा रचना गरेको गीत सन् २०१५ मा रेकर्ड गराइएको र अहिले भिडियो सार्वजनीक गरिएको हो।
‘समयको वेगसँगै वर्तमान अवास्थामा एउटा गीत रचनालाई /दर्शक माझ पुराउन आर्थिक रुपले निकै कठिन छ यसर्थ कयौ बर्ष अगाडि देखिका शब्द रचना, संगीत सृजनाहरु डाइरीका पानाहरुमा सिमित भएर बस्न विवस छन l’ निर्देशक विशालले भनेका छन्।
‘त्यस सृजनाहरु मध्ये मेरा सहपाठी मित्र कमल दहालज्यूद्वारा सन नवेम्बर २००२ मा रचित गीत ‘ चिसो चिसो ‘ लाई सन डिसम्बर २००५, काठमाडौं, नेपालमा धुन सृजना गर्न प्रयास गरे र गीतकारको भावलाई हृदयङ्गम गर्दा दिपचन्दी ताल(१४ मात्र), माइनर स्केल, अनि उठान मेजरबाट सृजना हुन पुग्यो l’
भिडियोको अन्तरकथाबारे विशालले अगाडि लेखेका छन्।,’उक्त गीतलाई नेपाली संगीतका ख्याति प्राप्त गायक आदरणीय श्री रामकृष्ण ढकाल ज्यू अनि चर्चित संगीत निर्देशक आदरणीय श्री किरण कणेल ज्यूको संगीत संयोजनमा मार्च २०१५ मा रेकर्ड गर्न सफल भयौ l समयको माग अनुसार श्रव्य दृश्य अनिवार्य भएको हुँदा आज हजुरहरु माझ पस्किन सफल भएका छौ l’