एक हप्ता पछि सर्यो कांग्रेस संसदीय दलको बैठक
काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक एक हप्ता पछि सारेको छ ।
संसोधित तालिका अनुसार नेपाली कांग्रेसको संसदीय दलको बैठक अब २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।