विश्वकप फुटलब : फ्रान्स फेरि फाइनलमा, अब मेसी र एमबाप्पेको परीक्षा आइतवार
दोहा, कतार / साविकको विजेता फ्रान्स लगातार दोस्रो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ।
कतारको दोहामा बिहिवार भएको सेमीफाइनलमा मोरक्कोलाई दुई शुन्यले हराउदै फ्रान्स लगालग दोस्रो पटक फाइनलमा पुगेको हो।
फ्रान्सलाई अब उपाधि रक्षाका लागि आइतवार लियोनल मेसीको टिम अर्जेन्टिनाको तगारो पन्छाउनु पर्ने हुन्छ।
दुई पटकको विजेता फ्रान्सले पहिलो पटक सेमीफाइनल खेल्दै गरेको मोरक्को विरुद्द चार मिनेट ३८ सेकेन्डमा अग्रता लियो।
थिओ हर्नान्डेजले फ्रान्सका लागि अग्रता दिलाए। मोरक्कोका डिफेन्डर सँग डिलेफ्लेट भएर आएको केलियन एमबाप्पेको प्रहारलाई हर्नान्डेजले गोलमा परिणत गर्दै राताजर्सीमा उपस्थित हजारौ दर्शकलाई स्तब्ध पारे।
प्रारम्भमा नै एक शुन्यले पछाडि परे पनि जारी विश्व कपमा सर्वाधिक चर्चा कमाएको जोसिलो टिम मोरक्को हार मान्नेवाला थिएन्। उसले एक पछि अर्को गर्दै फ्रान्सको पोष्टमा दवाव बनाइ नै राख्यो । तर बिहिवार मोरक्कोको दिन थिएन। उसका कयौं अवसर गोलमा परिणत हुन सकेन।
पटक पटक रातामान्छेहरु चुकचुकाउनुको विकल्प नै रहेन।
उल्टो ७९ मिनेटमा ‘सुपर सब’ रान्डल कोलो मुआनीले फ्रान्सको अग्रता दोब्बर पारे । मैदान प्रवेस गरेको ४४ सेकेण्डमा उनले गोल गर्ने दुर्लभ अवसर पाए। एमबाप्पेले पाँच विपक्षी खेलाडीलाई छक्याउदै दिएको पासलाई मुआनीले फस्ट टचमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल सम्भव पारे।
यो जित सँगै फ्रान्स र अर्जेन्टिनाको विश्व कपमा चार वर्ष पछि पुन भेट पक्का भएको छ। यस अगाडि २०१८ को विश्व कपको क्वाटर फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको थियो।
विश्व कप फुटबलमा लियोनल मेस्सी आफ्नो पहिलो उपाधिको खोजीको अन्मिम क्षणमा छन्। उनले जित्न बाँकी पनि यही हो । एम्बाप्पेलाई पनि उपाधि रक्षा गर्ने चुनौति हुने छ। फ्रान्सेली क्लब पीएजीका सहकर्मी यी दुई स्टार कतारमा भने एकले अर्कोलाई रोक्न लागि पर्ने छन्।
दुई पटकको विजेता फ्रान्स लगातार दोस्रो पटकको उपाधि जित्दै १९६२ पछि ब्राजिलले बनाएको इतिहास आफ्नो पोल्टमा पार्न तल्लिन हुने छ।
अर्जेन्टिनालाई पनि १९९० पछि उपाधी जित्दै विश्व कप तेस्रो पटक घर लैजानु छ।
फोटो : फिफा डट कम