टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने
काठमाडौं । युरोपेली मुलुक टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने भएको छ । हाल भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दूतावासबाट टर्कीले नेपालमा पनि काम गरिरहेको थियो ।
परराष्ट्र मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री नारायण खड्का र उनका टर्किस समकक्षी मेवलट काभुसोग्लुबीच शुक्रबार अपरान्ह भएको टेलिफोन संवादमा उक्त सहमति भएको हो ।