एनआरएनएमा अध्यक्ष रविना र महासचिव गौरीको ‘ताण्डव’
पेन्सिलभेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) को नाम सुन्दा नै नाक खुम्चाउनेको संख्या दिनदिनै बढ्दै छ।
विषेश गरि पछिल्लो पटकको महाधिवेशनको नाममा जे जस्ता नौटंकी भए, जसरी तीन तीन जना अध्यक्ष सहित जम्बो टोली बनाइयो त्यसले दुई दशकको इतिहास छुन लागेको एनआरएनए निकै बदनाम भएको छ।
६-६ महिना सम्म महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौटको नाममा जुन रमिता देखाइयो त्यस पछि बनेको जम्बो टोलीले अझ ठूलो हर्कत गर्दै आएको छ।
त्यसमा पनि कार्यकारी अध्यक्ष रविना थापा र महासचिव गौरी जोशीले त पछिल्लो एक महिनामा ‘ताण्डव’ नै देखाएका छन्। जनमानसमा एनआरएनए प्रति नकारात्मक धारणा बढ्दै गएको बेला त्यो क्षतिलाई कम गर्न पदाधिकारीहरु मरिमेट्नु पर्नेमा उल्टो उनीहरु जग हासाउन उद्दम भएका छन्।
नोभेम्वर पहिलो साता देखि रविनाले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएकी हुन् । त्यस यता महासचिव गौरीले आफुलाई पुरै असहयोग गरेको रविनाको दावी छ। तर गौरी रविना सँग अध्यक्ष चलाउन ढंग र हैसियत नभएको बताउदै आएका छन्।
यति सम्मकी महासचिव गौरीले आफुलाई थाहै नदिई अन्तिम अवस्थामा बैठक नै रोकिदिएको अध्यक्ष रविनाको भनाइ छ। गौरी भने अन्य दुई अध्यक्षको आदेशलाई आफुले मानेको भन्न छुटाउदैनन्।
बैठक रोकिए पछि रनथनिएकी रविनाले महासचिव गौरीलाई २४ घण्टे स्पष्टिकरण र कार्यकारी निर्देशक (सिइयो) रवि किरण अधिकारीलाई सचेत गराएकी थिइन्। (स्पष्टिकरण सम्वन्धी समाचारको लागि यहाँ क्लिक गर्नु होला।)
विवादास्पद रुपमा नियुक्त सिइयोको लागि ज्यान फालेर लागेका गौरीले रविनाको स्पष्टिकरणलाई महत्व नै दिएनन्। भागबण्डामा पद पाएकाहरुले ‘त भन्दा म के कम’ भन्ने इख पाल्न थाले पछि परिस्थिति दयनीय बन्दै गयो।
गौरीले रबिनाको हैसियत नापि दिए। त्यसो त रबिनाको पनि महासचिव सँग स्पष्टिकरण सोध्नु अगाडि सोच्नु पर्ने थियो, जवाफ आएन भने के गर्ने ?
भयो पनि त्यस्तै । त्यस पछि रविनाले महासचिव गौरीको हेपाइलाई आफ्नो मासिक प्रतिवेदनमा समेटिन् । (हेर्नुहोस बुँदा १६)
रविनाको प्रतिवेदनमा के भनेकी छिन हेर्नुहोस
रविनाको प्रतिवेदन पछि अझै उत्ताउलो भएका गौरीले अविस्वास प्रस्ताव अभियान छेडेका छन्। ‘हाम्रो वर्तमान कार्यकारी अध्यक्ष नियन्त्रण बाहिर र आफ्नो व्यक्तिगत लाभ को लागी एनआरएनएको दुरुपयोग गर्दै हुनुहुन्छ। मैले उहाँको मासिक रिपोर्टमा सभ्य नोट गरेको छु।’ अविस्वास प्रस्ताव पत्रमा गौरीले लेखेका छन् ।
रविनाले नक्कली डाटा तयार पारेको,विश्वभरका एनआरएनए साथीहरूलाई गुमराह गर्ने प्रयास गरेको, उनीसँग विश्वव्यापी नेपाली डायस्पोरालाई नेतृत्व गर्ने क्षमता नभएको भन्दै सात दिन भित्र अविश्वासको मतको लागि उनले अनुरोध गरेका छन्।
गौरीले महासचिव र सीईओलाई कारबाही गर्ने अधिकार कुन उपनियम र विधानले दिन्छ? भनेर प्रश्न पनि उठाएका छन्। तर आफुले ल्याएको अविश्वास प्रस्ताव कुन उपनियम र विधान टेकेर ल्याएका हुन भन्ने खुलाएका छैनन्।
गौरीको अविस्वास प्रस्तावको पूर्ण विवरण
एनआरएनएका अधिकांस पदाधिकारीले अध्यक्ष रविना र महासचिव गौरीको पछिल्लो हर्कतलाई ‘ताण्डव’ संज्ञा दिएका छन्। ‘समस्या जहाँको त्यही छ, अब अर्को महाधिवेशन कसरी गर्ने भन्ने निधो छैन, अमेरिकामा अहिले सम्म सदस्य खुलाइएको छैन्, जुन विवादको मुख्य जड हो तर अध्यक्ष र महासचिव सबै कुरा थाति राखेर तमसा देखाउदै छन्।’ समाज टाइम्स सँगको कुराकानीमा एक पदाधिकारीले भने।
महासचिव गौरीले मागे चन्दा फिर्ता
महासचिव गौरीले एनआरएनलाई दिएको चन्दा फिर्ता मागेको प्रकरण अहिले प्रवासी नेपालीमा चर्चाको अर्को विषय बनेको छ।
एनआरएनएको गत आइतवार सम्पन्न पदाधिकारी बैठकमा पोखरा लगायत देशका बिभिन्न स्थानमा सार्वजनिक शौचालय निमार्ण गर्ने अध्यक्ष रविनाको प्रस्तावमा गौरीले आपत्ति जनाउदै आफुले दिएको चन्दा फिर्ता मागेको जनाइएको छ।
गौरीले सोमवार पदाधिकारीहरुलाई एक पत्र लेख्दै आफुले सो परियोजनाको लागि दिएको चन्दा फिर्ता गर्न भनेका छन्। उनले सो परियोजनाको लागि पाँच लाख सहयोग दिएका थिए ।
काठमाडौंमा शौचलय बनाउने भनेर आफुले चन्दा दिएको तर अन्यत्र लैजाने भए आफुलाई स्वीकार्य नहुने गौरीको तर्क छ।
चन्दा फिर्ताबारेमा गौरीको पत्र