दि भ्वाइसमा परिजितालाई भोट गरौ
पेन्सिलभेनिया, अमेरिका / नेपालीमुलकी परिजिता बास्तोला विश्व प्रसिद्द टेलिभिजन रियालिटी सो दि भ्वाइसको टप टेनमा पुगेकी छिन्।
नेपालको झापा पूर्खौली थातथलो भएकी १७ वर्षीय परिजिला अमेरिकाको मेरिल्याण्डमा बस्छिन् । दि भ्वाइसको शुरुवात देखि नै सबै जजलाई प्रभावित पार्दै आएकी परिजितालाई अब अगाडि पढ्न उनको प्रस्तुतीले मात्र पुग्दैन उनलाई तपाई हामी सबैको भोटको आवश्यकता पर्दछ।
परिजितालाई भोट दिन कुनै शुल्क लाग्दैन। विश्वको जुनसुकै ठाँउबाट पनि भोट गर्न पाइन्छ। एपबाट दश भोट सम्म दिन पाइन्छ। यस्तै अनलाइनबाट पनि भोट गर्न सकिन्छ।
नोभेम्बर २८ तारिक सोमबार (अमेरिकाको न्यूयोर्क समय) वेलुका ८ बजेदेखि मंगलवार बिहान ७ बजे मंगलबारसम्म App स्टोरबाट The Voice डाउनलोड गरेर वा सोझै NBC TV को website- https://voice.vote.nbc.com गएर पनि भोट गर्न सकिन्छ ।
दिभ्वाइस सांगितिक कार्यक्रम अमेरिकाको प्रतिष्ठित टिभी एनबीसी भिटी बाट प्रसारण हुदै आएको छ।