अमेरिकाभरीबाट गुरुङ समुदाय ल्होछार मनाउन यस पटक पेन्सिलभेनियाको ह्यारिसबर्ग भेला हुँदै
पेन्सिलभेनिया,अमेरिका / अमेरिकामा रहेका गुरुङ (तमु) समुदायले यस पटकको नयाँ वर्ष (पुष १५) अर्थात ल्होछार/ ल्होसार पेन्सिलभेनियाको राजधानी ह्यारिसबर्गमा संयुक्त रुपमा मनाउने भएका छन्।
अमेरिकामा क्रियाशिल गुरुङहरुको छाता संगठन ‘युनाईटेड गुरुङ सोसाईटी अफ अमेरिका’ (युजीएसए) ले यो अवसर जुराउन लागेको हो।
‘एकता-पहिचान-निरन्तरता’ भन्ने नाराका साथ सन् २०१७ सालमा स्थापना भएको युजीएसएले त्यस पछि हरेक वर्ष अमेरिकाका फरक शहरमा ग्राण्ड ल्होछार मनाउदै आएको छ। संस्थाले स्थापना कालदेखिनै समाजका बिभिन्न बर्ग लाई लक्षित गर्दै सांस्कृतिक,जनचेतना, प्रतियोगिता, खोजअनुसन्धान, शिक्षा,स्वास्थ जस्ता विविध पक्षामा कार्यक्रम गर्दै आई रहेको जनाइएको छ।
‘युजीएसएले आफ्नो भाईचारा र नयाँ पुस्ताको उत्प्रेरणाको लागि आलो पालो गर्दै प्रत्येक वर्ष भिन्दा-भिन्दै शहरमा रहेका समुदाय एकै ठाँउमा भएर ल्लोछार मनाउने गर्दै आएको छ।’ समाजका अध्यक्ष प्रदिप गुरुङले भने, ‘सोही अनुसार यस वर्ष पेन्सिलभेनियाको राजधानि ऐतिहासिक शहर ह्यारिसबर्गमा (Scottish Rite Cathedral 2701 N 3rd Street Harrisburg, Pa 17110) डिसेम्बर ३०-३१ तारिक ल्होछार मनाउने निर्णय भएको हो।’
समाजका प्रवक्ता टेक गुरुङले ल्लोछार मनाउन अमेरिकाभरबाट आउने पाहुनाहरुको स्वागत गर्न र स्वयम कार्यक्रममा सहभागि हुन सम्पूर्ण ह्यारिसबर्ग बासी समक्ष आग्रह गरेका छन्। ‘समाजका सम्पूर्ण सदस्य र बिषेशगरि ह्यारिसबर्ग निवासी नेपालीभाषी आमा-बुबा, दाजु-भाई, दिदि-बहिनि, व्यवसायी,बुद्दिजिवि,समाजसेविहरुलाई साथ-सहयोग दिन अनुरोध गर्दछु, सबैलाई निमन्त्रणा छ।’
समाजका रोधि अध्यक्ष अगोम गुरुङले यसबर्षको ल्होछार पूर्णतया सांस्कृतिक,मनोरञ्जनात्मक र विविधतामय हुने भन्दै सबैलाई सपरिवार कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।
समाजका कार्यक्रम निर्देशक बहुप्रतिभासालि चलचित्र निर्देशक, तेक्वान्दोका पाँचौ डान रेफ्रि बिकास घले गुरुङका अनुसार ल्लोछार दुई दिन भब्यरुपमा मनाइने छ।
बिकासका अनुसार पहिलो दिन डिसेम्बर ३० तारिक मा रक्तदान कार्यक्रम, गुरुङ जातिका मैलिक परम्परागत खेल ,रोधि कार्यक्रम, परम्परागत पुरोहित पच्यु-घ्याब्रि द्वारा पुजा-पाठ (ल्हो बिदाई तथा स्वागत), गुरुङ चलचित्र पर्द्रशनि, तथा ल्होसार ईभ काऊन्टडाऊन रहने छ ।
दोस्रो तथा अन्तिम दिन डिसेम्बर ३१ तारिक पूर्णतया साँस्कृतिक-मनोरञ्जनात्मक कार्यक्रम, समाजमा बिष्ट योगदान पुर्याऊने ब्याक्तित्व हरुलाई सम्मान, एतिहासिक-साँस्कृतिक बस्तु प्रदर्शनि, मिट एण्ड ग्रिट, युजिएसए दस्ताबेज प्रदर्शनी रहने छ ।
सम्पूर्ण कार्यक्रमको प्रवेस टिकट निशुल्क गरिएको र टाडाबाट आउने अतिथिलाई खानाको पनि व्यवस्था गरिएको बिकासको भनाई छ।
‘विदेशिभुमिमा नेपालीहरुको जनसंख्या त्यसै पनि कम छ, त्यसमा पनि आदिवासी-जनजातिहरु अल्पसङख्यक हुनु कुनै आश्चर्य पक्कै हैन, तर पनि धर्म-संस्कार-संस्कृति परिवर्तन गर्न र गराऊन ऊक्साऊने हरुको जमात त्यो भन्दा बढि देखिन्छ।’ कार्यक्रमको आयोजकको भनाई छ, ‘यस्तो बिषम परिस्थितिमा आफ्ना पुर्खाको त्याग-तपस्या खेरजान नदिन र भविश्य अन्धकारमय हुन नदिन अमेरिकामा सकृय गैरनाफामुलक (५०१सी) समाज मध्य एक हो युनाईटेड गुरुङ सोसाईटी अफ अमेरिका (युजीएसए)।’