ट्रम्पद्वारा अमेरिकी राष्ट्रपतिको उम्मेदवारी औपचारिक घोषणा
पेन्सिलभेनिया, अमेरिका / पूर्व तयारी अनुसार नै अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्ष पछि हुने राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उमेदवार घोषणा गर्ने पहिलो व्यक्ति भएका छन्।
सन् २०१६ मा पहिलो पटक अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प २०२० भने वर्तमान राष्ट्रपति जो बाइडेन सँग पराजित भएका थिए। जुन चुनावलाई उनले धाँधली भएको आरोप लगाउदै आएका छन्।
फ्लोरिडास्थित आफ्नै निवास मार ए लागोमा मंगलवार साँझ ७६ वर्षीया ट्रम्पले आगामी राष्ट्रपति चुनावका लागि आफ्नो उमेदवारी घोषणा गरेका हुन्।
नोभेम्बर ८ मा सम्पन्न मध्यावधी निर्वाचनमा रिपब्लिकन पार्टीले सोचे अनुसार उत्साजक रुपमा परिणाम ल्याउन नसके पनि ट्रम्प आफ्नो योजनामा यथावत रहेका हुन्।
आचरणलाई लिएर धेरैवटा अनुसन्धान जारी रहेको, उनले समर्थन गरेका उम्मेदवारहरूले मध्यावधि चुनावमा हारेको र आफ्नै पार्टी भित्र पनि आलोचना बढ्दै जादा पनि ट्रम्प रोकिएनन्।
ट्रम्पले मंगलबारको कार्यक्रम रोक्न वर्तमान र पूर्व सल्लाहकारहरूको अनुरोधलाई बेवास्ता गरे। अमेरिकी सिनेटको लागि सत्तारुढ डेमोक्र्याटिक सेन राफेल वार्नक र ट्रम्प समर्थित रिपब्लिकन उम्मेदवार हर्शेल वाकर बीचको जर्जिया रन-अफ चुनाव सम्म उमेदवारी घोषणा रोक्न उनलाई सुझाइको भए पनि ट्रम्पले त्यसलाई टेरेनन्।
अब उनले सबै भन्दा पहिला आफ्नै दल रिपब्लिकन भित्रको चुनौति पन्छाउन पर्ने हुन्छ। ट्रम्पका उपराष्ट्रपति माइक पेन्सले ट्रम्प विरुद्द अभिव्यक्ति दिएका छन्। ‘मलाई लाग्छ, हामीसँग उनीभन्दा राम्रा उम्मेदवार छन्’ पेन्सले भनेका छन्।
यस्तै फ्लोरिडाका गभर्नर रन डि सान्टिस पनि यस पटक ट्रम्पको विकल्पमा देखिएको बताइन्छ।
चुनावी घोषणामा ट्रम्पले अमेरिकाको पुनरागमन सुरु हुने बताए। ‘अमेरिकाको पुनरागमन अहिले सुरु हुन्छ,’ ट्रम्पले भने, ‘दुई वर्ष पहिले, हामी एक महान राष्ट्र थियौं, र चाँडै हामी एक महान हुनेछौं, फेरि राष्ट्र।’
‘अमेरिकालाई फेरि महान र गौरवशाली बनाउनको लागि, म आज राती अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्दैछु,’ उनले थपे। ट्रम्पले बाइडेनको नेतृत्व अमेरिका र अमेरिकनका लागि एकदमै पीडादायी भएको र महँगीले जनता थिलथिलो भएको, अर्थतन्त्र ध्वस्त भएको आरोप समेत लगाए।